बझाङका जोखिमपूर्ण घर मर्मत हुने

बझाङ । यस वर्ष बझाङ जिल्लामा १ हजार ५ सयभन्दा बढी घर मर्मत हुने भएका छन् । बझाङ जिल्लाका १२ ओटा स्थानीय तहमा रहेका जोखिमपूर्ण घर तथा खर परालले छाएका घरहरूलाई मर्मत गरी जनतालाई सुरक्षित आवासमा बस्ने व्यवस्था मिलाउने सरकारको लक्ष्यअनुसार रहेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालीकामा १ सय ४८ घर मर्मतको कोटा आएको छ भने बुुंगल नगरपालिकामा १ सय ५८ कोटा, तलकोट गाउँपालिकामा १ सय २८, मष्टा गााउँपालिकामा १ सय १५, खप्तडछान्ना गाउँपालीमा १ सय २१, थलारा गाउँपालिकामा ७८, वितथडचिर गाउँपालिकामा १ सय २१ कोटा परेको छ ।

त्यस्तै सुर्मा गाउँपालिकामा १ सय १०, छविसपाथीभेरा गाउँपालिकामा २ सय, दुुर्गाथली गाउँपालिकामा १ सय ३०, केदारस्युँ गाउँपालिकामा १ सय ५८ र साइपाल गाउँपालिकामा ७८ वटा कोटा परेको सघन सहरी तथा भवन निर्माण आयोजना डोटीका कार्यालय प्रमुख तुलसीराम खरभुजाले जानकारी दिए ।

गत वर्ष पालिकामा आएको कोटा र काम गर्दा भए देखिएका समस्याका बारेमा पनि जानकारी दिए । प्रतिनिधिसभा सदस्य संयोजक रहने सुुरक्षित नागरिक आवास कार्यक्रमको जिल्ला समन्वय प्रमुख सदस्य र आयोजना प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

बिहीबार सम्पन्न भएको बैठकमा पालिका प्रमुखहरूले अघिल्लो वर्ष छनौट भएका सुुरक्षित नागरिक आवास कार्यक्रमको काम गर्दा देखेभोगेका समस्याहरू र आगामी दिनका लागि सुुझाव दिएका थिए । सरकारले यस्ता घर मर्मतका लागि अघिल्लो वर्ष ५० हजार थियो भने अहिले ७५ हजार अनुुदान दिने गरेको छ ।

प्रतिक्रिया