स्वर्गकी उपमा पाएको नेपालको सबैभन्दा ठुलो ताल रारा पुुग्ने जो कोही पर्यटक रारा पुुग्ने बित्तिकै पहिलो मुुखराविन्दुबाट निस्किने शब्द हो, आहा ! रारा । रारा धर्तीमा भए पनि सबैले स्वर्गको टुुक्राका रूपमा वर्णन गर्ने गरेका छन । नहोस् पनि कसरी राराले समयअनुुकूल आपनो रूप छिनछिनमा परिर्वतन गर्छ । राराले एक दिनमा निकै चोटी रङ फेर्छ । कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिकजस्तो अनि कहिले खैरो । मौसमअनुसार दिनमै चार÷पाँच चोटी फेरिने राराको पानीको रङमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाया । अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सराजस्तो देखिन्छ । रारा पुुग्ने पर्यटक भन्न बाध्य हुुन्छन्, आहा ! रारा ।
रारा घुुम्ने समय फागुुनदेखि असारसम्म र असोजदेखि मंसिर महिनासम्म उपयुक्त मौसम मानिन्छ । बर्सेनि यो समय रारा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रारा पुुग्ने गर्दछन् । अहिले रारा घुम्न आउने आन्तरिक पर्यटक बढ्ेका छन् । यो समयमा दैनिक एक सयदेखि पाँच सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन् । बाह्य पर्यटकभन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ । रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यताका साथ आन्तरिक तथा बाह्य पर्यटक रारा पुुग्ने गरेका भए पनि रारामा भनेजस्तो सेवा सुविधा नहुँदा पर्यटक समस्यामा छन् । रारामा पर्यटक बढे्सँगै बास बस्न र खानाको समस्या देखाउँदै रारामा एक डेढ घण्टा रमाउने र बास बस्न जुम्लाको भुलभुले, गोठिज्युलातिर फर्कने गरेका छन् । राराभित्र एक होटल मात्रै छ । मुस्किलले दुई सय जनाले र टेन्ड, पाल हालेमा बास बस्न सक्छन् । तर नजिकै रहेको मुर्मा गाउँ, माँझघट्ट, सल्लेरीमा होटेल भए पनि व्यवस्थित नहुँदा स्थानीयले आम्दानी गर्न सकिरहेका छैनन । रारा आउने पर्यटकले चाहेजस्तो मनोरञ्जन पनि लिन सकेका छैनन् । रारा पुुग्नै पर्छ भनेर समय मिलाएर रारा आउने पर्यटक फर्किंदा केही खल्लो महसुस गरेर फर्किने गरेका रारा राष्ट्रिय निकुुञ्ज हुुटुु मुुगुुका वन संरक्षण अधिकृत बिश्वबाबुु श्रेष्ठले बताए । उनका अनुसार रारा आउने पर्यटक अघिल्लो वर्षको तुलानामा घटेका भए पनि फागुुन महिना यतादेखि रारा घुम्न आउने पर्यटक बढेका वन संरक्षण अधिकृत श्रेष्ठले बताए । यसैबीच रारा घुमेर फर्किने क्रममा रारा प्रवेश गर्ने प्रमुख नाका सल्लेरी बजारको एक होटेलमा खाना खान बसेका गोर्खाका रुपेश श्रेष्ठले केही दुःखेसो गरे ।
रारा घुम्न चाहने हामीजस्ता धेरै छन् तर हिलाम्मे सडक र धुलाम्मे तथा खाल्डाखुल्डी सडकका कारण रारा आउदा जाँदा निकै सास्ती हुने रहेछ ।
परिवारसहित रारा पुुग्न गोर्खाबाट चार दिन लागेको बताउँदै रारा पुगेकी शान्ति रिसालले भनिन, ‘राराको नाम सुन्ने बित्तिकै सबैको मन त्यतिकै लोभिन्छ । तर खान बस्न जे सुकै होस रारासम्म पुग्नेबाटोको स्तरोन्नति गरिनुपर्छ ।’ सल्लेरीदेखि रारामा होटेल रहेको स्थानसम्म जंगलको बाटो भए पनि सुरक्षा पोस्ट नरहेको र एक्लै यात्रा गर्ने पर्यटकलाई समस्या पर्न सक्ने, महिला बालबालिका असुरक्षित हुन सक्ने रिसालको भनाइ थियो ।
बास बस्ने र खानाका लागि होटल पर्याप्त नभए पनि मान्छे जसोतसो मिलाएर बसिहाल्छन् । तर रारा जान अन्तिमसम्म सवारी साधन रोकिने स्थान सल्लेरी बजारमा गाडीमा चाहिने इन्धनको वितरण केन्द्र र एक सवारी साधनमर्मत गर्ने ग्यारेज अनिवार्य खोल्नुपर्ने अर्का पर्यटक रोहन शर्माको भनाइ छ । यदि गाडी वा मोटरसाइकल बिग्रिए खान बस्नभन्दा ठूलो समस्या त्यो हुने उनको तर्क छ । परिवारसहित घुम्न आएका काठमाडौंका पुष्कर कँडेलले पनि उस्तै गुनासो गरे । खान बस्नको त्यति धेरै समस्या छैन ।
हजारौँ मान्छे घुम्न आउँछन् । ती मध्ये एक÷दुई जनालाई समस्या होला । तर, सबैले दुःख पाए भन्न मिल्दैन’, कँडेलले भने । तर राराका आसपासमा होटेल व्यवसाय गर्ने होटेल व्यवसायीले आउने पाहुनालाई सेवा दिनेभन्दा पनि कसरी पैसा कमाउने भन्नेमा लाग्ने गरेको आफूलाई महसुस भएको उनले बताए । उनले पनि रारा पुग्ने पर्यटकका लागि बाटो नै मुख्य समस्या देखाए ।
कर्णाली राजमार्ग व्यवस्थित नहँुदा र नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तरोन्नति नहँुदा, सडक कच्ची र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवतजावतमा पर्यटकले सास्ती भोग्नु परेको छ । ताल्च विमानस्थलमा पनि नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एकपटक आइसकेपछि पुुनः आउन आनाकानी गर्ने गरेका पर्यटकहरूको भनाइ छ ।
मुर्माटप जाउँ रारासँग रमाउँ
रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागि रारा तालबाट एक घण्टा उकालो चढी मुर्माटपमा जानुपर्दछ । राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाललगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले नियाल्न पाइन्छ ।
रारा पुगेर मात्र राराको सौन्दर्य थाहा हुँुदैन स्वर्गको आनन्द लिन रारा तालको दृश्यावलोकनका लागि मुर्माटप पुग्नै पर्ने र मुर्माटपमा पुगिसकेपछि चरम सुख स्वर्गीय आनन्द मिल्ने गर्दछ ।
पर्यटकहरू रारा सम्मको लक्ष्य लिएर मात्र आउने गर्दछन् । रारा आइसकेका पर्यटकले एकपटक रारासँग रमाउन मुर्माटप जानै पर्ने र राराको चित्रण गर्न यहाँका नागरिकहरूको अनुरोध छ ।
नेपालकै सबैभन्दा ठुलो तालका रूपमा परिचित रारा ताल कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्रका रूपमा हेरिन्छ । अन्य प्रदेशका हिसाबमा कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा धनी छ । रारा आउने पर्यटक बढेका छन् ।
यतिखेर देश, विदेशीको नजरमा रारा छ । समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ पाँच किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १ सय ६७ मिटर रहेको छ । यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन् । यस्तै, यस क्षेत्रमा कस्तुरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ ।
मुगु
प्रतिक्रिया