राजन र सिजसुको आवाजमा ‘रानी बनाउँछु’ सार्वजनिक

काठमाडौं । नयाँ गीत ‘रानी बनाउछु’ सार्वजनिक भएको छ । गायक राजन श्रेष्ठ र सिजसु श्रेष्ठको आवाज रहेको उक्त गीतको भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा बिक्रम केसीको शब्द र राजन श्रेष्ठको संगीत रहेको छ । त्यस्तै उक्त गीतको भिडियोमा साहित्यकार विमला हुमागाँई (बोध श्री) को निर्देशन रहेको छ भने रोशन विश्वकर्माको कोरियोग्राफी, करण चैशिरको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सरोज प्रजा, सञ्चिता बोलाखे, बिधान मैनाली, प्रनिता रोकायालगायतले अभिनय गरेका छन् ।

गीतको भिडियो राजन श्रेष्ठ अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको शब्दमा माया प्रेमका भावना प्रस्तुत गरिएको शब्द रचनाकार बिक्रम केसीले बताए ।

प्रतिक्रिया