कलैया । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडमा घोचिएर एक नेपाली सेनाका जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।
बा ८० प ८२८० नम्बरको मोटरसाइलमा सवार मृतक राम वीरगञ्जबाट कलैया जाने क्रममा कलैया वीरगञ्जको बीचमा पर्ने कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना ५ त ४०२१ नम्बरको फलामको रड लोड गरेको ट्र्याक्टरमा पटाडी पर्टीबाट घोचिँदा निजको घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृत राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।
प्रतिक्रिया