पोखरा महानगरको डोजरले च्यापिएर चालकको मृत्यु

पोखरा । पोखरा महानगरले अस्थायी फोहर व्यवस्थापन गर्दै आइरहेको पोखरा ३२ लामेआहालमा डोजरले च्यापिएर चालकको ज्यान गएको छ ।

फोहर पुर्न प्रयोग गरिएको ग १ ग १३४ नम्बरको डोजर स्टार्ट अवस्थामै छाडेर अगाडि गएका चालक मुसाफिर दास तत्मा च्यापिएको महानगरको सरसफाइ शाखाले पुष्टि गरेको छ ।

मुसाफिर त्यहाँ लगिएको फोहर पुर्ने काम गर्थे। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा १४ मा रहेको ल्याण्डफिल साइट बन्द गराएर सेती किनारको लामेआहालमा फोहर व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रतिक्रिया