सीजीफिन्कोको २० औ वार्षिकोत्सव

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्र्ष पूरा गरेको अवसरमा ग्राहकहरूप्रति सम्मान व्यक्त गरेको छ । २०औँ बार्षिकोत्सव मनाउन सोमबार राजधानीमा आयोजित कार्यक्रममा सीजीफिन्कोका अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार आफुमाथि विश्वास गर्ने ग्राहकलाई जाने भन्दै सबैमा सम्मान ब्यक्त गरेको हो ।

उक्त अवसरमा अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दै नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफुलाई प्रोत्साहन मिल्ने गरेको बताए । सीजीफिन्को नेपालमा वैदेशिक मुद्रा भित्रयाउने जिम्मेवारीमा अब्बल सावित हुँदै आएको र विदेशमा रहेकाहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा पनि सन्तोष ब्यक्त गरे ।

‘सीजीफिन्कोले मेरो विजनेश करियरमा खास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र विप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र बनेको छ’ चौधरीले भने ।

विदेशमा काम गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्युनीकरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको उनले बताए । साथै, आगामीदिनमा सीजीफिन्को अझ सशक्त रुपमा विप्रेषण सेवालाई सजिलो र भरपर्दो बनाउन प्रतिबद्ध रहेको जानकारी पनि उनले दिए ।

‘आगामी दिनमा सीजीफिन्कोले डिजिटल रेमिट्यान्समा जोड दिंदै विप्रेषण उद्योगमा आफ्नो स्थान अझ मजबुत बनाउने छ’ अध्यक्ष चौधरीले भने । कार्यक्रममा सीजीफिन्कोले उत्कृष्ट चारकर्मचारीलाई कदरपत्र प्रदान गरेको थियो । जस अन्तर्गत, मार्केटिङजिनियस अवार्डबाट रमेस रेग्मी, अन्म्याच्ड डेडीकेसनअन्तर्गत रेणु प्रधान, बेस्ट कस्टमर सेन्ट्रीसिटिमा प्रतिमा शर्मा पोखरेल र राइजिङ स्टार अवार्डबाट आसिषकुमार हमाल सम्मानित भएको थियो ।

२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियनमनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको सो संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिंदै आएको छ ।

प्रतिक्रिया