बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

काठमाडाैं । बेलारुसमा अलपत्र नौ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राईलाई स्वदेश फर्काएको हो ।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन् । उनले विदेशमा पुर्‍याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला,’ राईले भनिन्, ‘तपाईंहरूलाई हामी न्याय दिनेछौँ । अपराधीलाई कारबाही गर्नेछौँ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले ९ जना महिलाहरूलाई ललाईफकाई बेलारुस पुर्‍याइ अलपत्र पारिएका महिलाहरूलाई स्वदेश फर्काइएको बताइन् ।

Uniglbe BBADAV
स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको बताइन् । उनले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन् ।

पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

प्रतिक्रिया