कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने मा‌ओवादी केन्द्रको निर्णय

काठमाडाैं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेकाे छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अन्य प्रदेश भन्दा कोशी प्रदेशमा तत्काल सत्ताको समीकरण फेरिने अवस्था नरहेको बताए ।

कोशी प्रदेश सभामा रहेको माओवादी संसदीय दलको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरि माओवादी केन्द्र संसदीय दलको निर्णय सार्वजनिक गरेका हुन् ।

‘अन्य प्रदेशको तुलनामा कोशी प्रदेश सरकार ढाल्न सहज भए पनि बनाउन सकस छ’ , नेता आङ्म्बोले भने, ‘मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अहिले बहुमतमा छ। अहिलेको अवस्थामा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन, मन्त्री फिर्ता पनि गर्दैन ।’

उनले सरकारले तत्काल पहिचान पक्षधर आन्दोलनकारीलाई वार्ताको माध्यमबाट समस्या समाधान गर्न आव्हान गरेका छन् ।

प्रतिक्रिया