‘यौन तथा प्रजनन शिक्षाबारे खुलेर बोल्नु पर्छ’

कालीकोट । पछिल्लो समय यौनका विषयमा खुलेर कुरा गर्ने, प्रजनन स्वास्थ्यका विषयमा विभिन्न चाँसो राख्ने नागरिकहरुको कमि छैन ।
अधिकांस नागरिकहरुले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर बोल्न नसके पनि केही नागरिकहरुले भने यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विभिन्न तालिम लिई किशोर किशोरी समुह, विद्यालय क्षेत्रमा यस विषयमा सचेतना फैलाउदै आएका छन् ।

नरहरीनाथ गाउँपालिका कुमालगाउँ स्थित रमा माध्यमिक विद्यालयका शिक्षक कमलबहादुर शाहीले विद्यालयमा खुलेर यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा कुराकानी गर्नु पर्ने बताए । बालवालिकाहरुलाई यसबारे जानकारी गराउनु पर्नेमा उनले जोड दिए । उनले भने किशोर किशोरीहरुले खुल्लेआम बोल्न लाज मान्ने, आफ्ना यौन तथा प्रजनन स्वास्थ्यका बारे देखिएका समस्या बताउन नचाहने जस्ता समस्याले किशोर किशोरीहरुलाई नै समस्या देखिने गरेको बताए ।

यौन तथा प्रजनन स्वास्थ्यका विषयमा हरेक शिक्षक जानकार हुनुपर्ने र बालवालिकालाई विभिन्न तालिम तथा भेला गरी यौन, प्रजनन स्वास्थ्यका विषयमा ज्ञान दिनुपर्ने रास्कोट नगरपालिका स्थित कालिका आधारभुत विद्यालयकी शिक्षिका सरीता शाहीले बताईन् ।
जिल्लाको रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका १५ जना शिक्षकहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धि ५ दिने तालिम दिइएको थियो ।

तालिममा सहभागि शिक्षकहरुले यस्ता खाले तालिम अति महत्वपुर्ण रहेकाले विभिन्न ज्ञान सिकेको बताएका छन् । विद्यालय क्षेत्रमा गई किशोर किशोरी लगाएत अन्य समुहमा आवद्ध बालवालिकाहरुलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी गराउने,यस विषयमा सक्षम भएर बोल्न लगाउने जस्ता क्रियाकलाप गर्ने सहभागि शिक्षकहरुले बताए ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा शिक्षकहरुलाई ५ दिन सम्म बृहत यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धि तालिम आयोजना गरिएको हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले जानकारी दिएका छन् ।

बुढाका अनुसार कालिकोट जिल्लाका ३ वटा स्थानीय तहका शिक्षकहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा तालिम दिएपनी स्थानीय तहको समन्वयमा जिल्ला भरीका विद्यालयमा रहेका शिक्षकहरुलाई यो तालिम दिनु आवश्यक रहेको उनले बताए ।

नेतृत्व र निर्णय कार्यक्रमका अधिकृत डम्बरबहादुर बोहोराले विगत लामो समदेखि हुरेन्डेक नेपाल कालिकोटले जिल्लाका स्थानीय तहमा विभिन्न कार्यक्रमहरु संचालन गदै आएको बताउदै स्वास्थ्य क्षेत्र,परम्परागत हानिकारक अभ्यास न्युनिरकणका क्षेत्रमा पनी विभिन्न क्रियाकलाप संचालन गरेको बताए ।

हुरेन्डेकले रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा बाल, छिटो विवाह र जवरजस्ती विवाह न्युनिकरण परियोजनाले किशोर किशोरी, स्वास्थ्य , महिला क्षेत्र र परम्परागत हानिकरण अभ्यास न्युनिकरणका लागि काम गरिरहेको छ । तालिममा सागर बुढाथोकीले प्रशिक्षण गरेका थिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया