प्रधानमन्त्री प्रचण्डले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनु भएको छः प्रभु साह

काठमाडाैं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा अध्यक्ष साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेकाले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने बताएका हुन् ।

उनले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भीर हुने आशा आफूले गरेको पनि बताए । अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरूले पार्टी एकता गर्नु परेको पटक–पटक दोहोर्‍याए ।

क्रान्तिकारीहरू एकताबद्ध भए मात्रै मुलुकमा जनताको आवश्यकता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरूले पार्टी एकताको कामलाई पनि सुरु गरेको उनको भनाइ छ ।

प्रतिक्रिया