रोजेका तीन मन्त्रालय नपाए सरकारमा जादैनौं : नेता खनाल

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले तीन मन्त्रालय नपाए प्रचण्ड नेतृत्व सरकारमा सामेल नहुने जनाएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले आफ्नो पार्टीलाई तीन वटा राम्रा मन्त्रालय दिनुपर्ने बताएका हुन् ।

‘एकिकृत समाजवादी पार्टीको भूमिकाबाट यो सरकार निर्माण भएको हो,’ खनालले भने ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकिकृत समाजवादी सरकारमा सभागी हुँदैन ।’

खनालले प्रचण्ड नेतृत्वको सरकार लामो समयसम्म चल्न नसक्ने ठोकुवा समेत गरेका छन् । पुर्व प्रधानमन्त्री खनाल पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन् पाँचथरमा आएका हुन् ।

प्रतिक्रिया