गणतन्त्र माओवादीको ‘नारा’ : गिरिजा बाबुको ‘एजेण्डा’

जयप्रकाश प्रसाद आनन्द गुप्ता

मैले हिजो गिरिजा बाबुको स्मृति दिवसको मौकामा यौटा पोष्ट गरेको थिए । उहाँसँगका मेरा २–४ तस्वीरहरू । यसमा केही प्रतिकृयाहरू आएको छ । केही सान्दर्भिक तथा कतिपय अत्यन्त अरिन्जित प्रकारका । मलाई लाग्छ, पुराना कुराहरू ‘तथ्य’ हरूको संयोजन तथा प्रमाणका साथ लेखिँदा इतिहास हुन्छ । असत्य, अर्ध सत्य एवं अज्ञानतालाई टेकेर भावावेशमा लेखिएका कुराहरू प्रोपेगण्डा मात्र हुन्छ ।

हामी सबैले आ–आफ्ना लेखाईका स्वमूल्यांकन गर्नु नै हुनेछ । गिरिजाप्रसाद कोईराला वा समकालिन राजनीतिज्ञहरू कोही त्रुटी रहित देवता त हैनन् । कुरा हरेक व्यक्तिको योगदान, तिनको गुण र दोषको मात्राको हो । हाम्रो अभिमानी समाज, अग्रजहरूको स्तुति गर्ने समाज नायकहरूको योगदानमा कतिको कृतज्ञ छ त ? हामी समग्रमा अरूको योगदानहरूलाई कतिको अभिनन्दन गर्छौँ त ? यता पनि ध्यान जानु पर्ने हो ।

गिरिजा बाबुको बारेमा प्रतिकृयाहरू लेखिदा कतिपय बन्धुहरूले यता ध्यान नपु¥याएको जस्तो लाग्छ । मन मानेन । फेरी आज यो पोष्ट लेखि यहाँ राखेको छु । गाली गर्नोस् तर बुझ्नु पर्ने हुन्छ कि गिरिजा बाबु नेपाली राजनीतिका गेम चेन्जर होईन, कोर्स चेन्जर हो । तरूणको सम्पादक चक्र बास्तेला र सुशील कोईराला हुनुहुन्थ्यो । तर, पहिलो सम्पादकीय बीपी कोईराला स्वयंले लेख्नु भएको थियो ।

कलकत्तामा रहनुभएका सूवर्ण शम्सेरजीसँग बीपीको कार्यनीतिक फरक धार बनेको थियो । यदि नेपाली काँग्रेसले व्यवस्थामै परिवर्तनको नेतृत्व गर्न सकेन भने यस पार्टीको कुनै औचित्य रहदैन । बरू बिघटन गरिदिए हुन्छ । पंचायतको यथास्थितिलाई समर्थन भनेको त त्यस राजनीतिक व्यवस्थामा केही मानिसहरूको स्थानलाई सुरक्षित गर्नु मात्र हुनेछ । बस् यतिको लागि ऐतिहासिक नेपाली काँग्रेसलाई कदापि पनि उपयोग गर्नु हुन्न् भन्ने बीपीको मान्यताले पार्टी भित्र अलग धार जन्माएको थियो ।

त्यसैको स्पष्ट अभिव्यक्ति दिनका लागि मुखपत्र “तरूण”को पहिलो अंकको सम्पादकीय बीपी स्वयंले लेख्ने कुराबाट प्रवासमा ठूलो कौतुहलता जन्माएको थियो, के लेख्नु हुन्छ भनेर । अबको बाटो के हुने ? ‘मेरो बोल्ने मुखलाई न थुन, नयाँ नेपालको अभिव्यक्ति दिनेछ मेरो मुखले । मेरो कलमलाई न समाऊ, नयाँ नेपालको मार्गचित्र कोर्ने छ मेरो कलमले । मेरो हिडने गोडाहरूलाई न छेक, नयाँ नेपालको बाटो पैल्याउने छ मेरा गोडाहरूले ।’

गणतन्त्र माओवादीको ‘नारा’ थियो, यसमा द्विमत छैन । तर, त्यस भन्दा पनि गणतन्त्र गिरिजा बाबुको ‘एजेण्डा’ थियो । दुनियाँले जसरी बुझेपनि यथार्थ यही नै हो । गिरिजाप्रसाद कोइरालाले यस निम्ति माओवादीको जस्तो हावामा तलवार चलाउनु भएन । लक्ष्य स्पष्ट थियो, परिस्थिति बनेपछि उहाँले निर्णायक प्रहार गर्नु भयो । यो पनि उतिकै सत्य हो कि अन्तर्राष्ट्रिय परिस्थिति, माओवादी समेत सात दलको साथ र त्यस बेला जनताको भावना सबै गिरिजाबाबुका लागि अनुकूल भयो ।

राजनीतिक दलको स्वतन्त्रता र बहुदलीय संसदीय व्यवस्थाको आवश्यकता अपरिहार्य हो भने कुराको सरस अभिव्यक्ति दिने यी पंक्तिहरूका साथ सम्पादकीय लेखि प्रकाशित भएको “तरूण”ले एकै पटक पुरै देशका तन्नेरी युवाहरूलाई स्पन्दित गरेको थियो । दिग्भ्रमिता हटेको थियो । यसबाट नेपाली कांग्रेसमा राजासँग सम्झौताको लाईन कमजोर हुन गयो ।

हजारौँ मानिसहरू जेलमा कोचिएका थिए । लामो जेल बसाईलाई निरूद्देश्य ठान्न लागेका त्यस बेला जेलहरूमा रहेका नेता, कार्यकर्ताहरूमा एक्कासी आफुहरू निश्चित उद्देश्यका लागि थुना परेको र अझै लामो समयसम्म झ्यालखानामा रहनु परे पनि रहने उत्साह जागेर आएको थियो । वास्तवमा सूवर्णजी स्वयं र उहाँका साथमा रहेका नेता कार्यकर्ताहरू पनि व्यवस्था परिवर्तनका लागि उत्तिकै प्रतिवद्ध हुनुहुन्थ्यो ।

तर, दुई शिर्षस्थ नेताका बीचको स्पष्टता सबैले चाहेका थिए । ती दिनलाई संझेर चक्रजीले मलाई भन्नु भाथ्यो–‘बुझ्यौ ! केही पंक्तिहरूको ति लेखाईले त मरेको मुर्दाहरूमा पनि श्वास जगाई दिएको थियो । बास्तवमा ति पंक्तिहरू मात्र थिएनन् , नेपाली काँग्रेसको नेपाली समाजका बारेमा प्रतिवद्धता तथा परिवर्तनका सपना पो झल्किएको थियो बीपीको लेखाईबाट ।’

चक्रजीको मान्यता थियो, बीपीले नेपाली काँग्रेसको परम्परागत धारणाहरूमा फेरी पनि प्रतिवद्धता जनाउनु भयो । राजासँगको सहयोगको वातावरण बनाउदै जाने सोच क्रमशः मथ्थर भएर गयो । राजनीतिमा अडान भनेकै सुस्पष्ट यात्रको शुभारम्भ हो । राजनीतिमा सपना भनेकै परिवर्तनका कार्यक्रमहरूमा हुन्छ । अग्रगामी परिवर्तनका । बृद्ध बाबुले आफुले रोपेको बाली भित्र्याउन नपाउदै परलोक गएको खण्डमा छोराले ती बाली घर भित्र्याउनुलाई राजनीतिक अर्थमा सपना पुरा गरिएको मानिदैन ।

राजनीतिका सपना भनेको सदैव यथास्थितिलाई वास्तविक परिवर्तनमा रूपान्तरित गर्नु हो । गिरिजाप्रसाद कोईराला बि.स. २०३७ को जनमत संग्रहपछि नेपाली राजनीतिमा सर्वथा गलत अध्ययन गरिएको व्यक्ति पनि हो । राजा वीरेन्द्रले “म पनि बिकल्प खोज्छु, तिमी पनि खोज” भनेको कुरालाई गिरिजाप्रसाद सुस्तरी दरबारको धारमा गयो भनि योजनावद्ध चर्चा गरियो ।

बि.स. ०४२ को सत्याग्रह हुनु पूर्व जनजीविकाको समस्याहरूलाई आधार मानेर राजा समक्ष पेश गर्न आम जनताको हस्ताक्षर संकलन गर्ने उहाँको अग्रसरतालाई “प्रजातन्त्रको भीख माग्न कोईरालाको विन्तिपत्रे राजनीति” भनियो । यस्ता घटनाहरूको स्मरण लामै हुन्छ । शाही सत्ताकालमा संसदको पुनस्र्थापनको कोईरालाको अडानलाई अधिकांशले अभेद्य पर्वत उपरको प्रहार भनेको हामीले बिर्सेका छैनौँ । जीवनको अन्तिम कालमा पनि उहाँलाई राष्ट्रपति पदको लोभी नै भनियो ।

तर, २०४६ चैत्रमा यदि गणेशमान सिंहको अडान नरहेको भए त्यस बेला संसदीय व्यवस्था आउने थिएन, यसरी नै संसद पुन: स्पथानको मागमा गिरिजाप्रसाद कोईरालाको अविचलित अडान नरहेको भए सायद राजनीतिको मोड अन्यत्रै मोडिने थियो होला । आज यो तथ्य धेरैलाई अपत्यारिलो लाग्न सक्छ कि, गिरिजाप्रसाद कोईरालाले योजना मिलाएरै मुलुकमा गणतन्त्रको घोषणा गराउनु भएको हो ।

यो उहाँको अभिष्ट थियो । शाही सत्ताको समयमा दरबारमा आयोजित एक बैठकमा राजा ज्ञानेन्द्रले बद्री मण्डलबाट उहाँको बेइज्जत गराए पश्चात साँझ पख उहाँको अपमानबोधलाई आफ्नै आँखाले देख्नेहरू ठम्याउनेहरूले मात्र त्यसको गूढ थाहा पाउन सक्छ । नभएको गणतन्त्रको एजेण्डा कहाँबाट आयो भनी सात दलको सात सूत्रीय समझदारीमा आँखा घोत्ल्याउनेहरूले यो थाहा पाउन सक्दैनन् ।

श्री ३ को शासन कालमा त्रिपुरेस्वर धर्मशालाबाट गुन्द्रीमा राखिएको पिताजी कृष्ण प्रसाद कोईरालाको मृत देहलाई तानेर निकाल्नु परेको दिन गिरिजाप्रसाद कोईरालाको मनमा उठेको एक प्रश्न थियो कि, श्री ३ के अर्थमा राजा होईन ? र, प्रजातन्त्र स्थापनाको लामो संघर्षमा धेरै मानिसहरूको राजाको निर्देशनमा नृशंसता पूर्वक हत्या गरिँदा श्री ५ हरू के चरित्रगत तथा आधारभूत फरकले श्री ३ होईनन् ? दरोगरी गिरिजा बाबुको मनमा घर बनाएर बसेको यस प्रश्नको जवाफ गणतन्त्रको घोषणा गर्न लगाएर उहाँले पाउनु भएको थियो ।

गणतन्त्र माओवादीको ‘नारा’ थियो, यसमा द्विमत छैन । तर, त्यस भन्दा पनि गणतन्त्र गिरिजा बाबुको ‘एजेण्डा’ थियो । दुनियाँले जसरी बुझेपनि यथार्थ यही नै हो । गिरिजाप्रसाद कोइरालाले यस निम्ति माओवादीको जस्तो हावामा तलवार चलाउनु भएन । लक्ष्य स्पष्ट थियो, परिस्थिति बनेपछि उहाँले निर्णायक प्रहार गर्नु भयो । यो पनि उतिकै सत्य हो कि अन्तर्राष्ट्रिय परिस्थिति, माओवादी समेत सात दलको साथ र त्यस बेला जनताको भावना सबै गिरिजाबाबुका लागि अनुकूल भयो । अध्ययन गर्न चाहनेले गरे हुन्छ ।

(नेपाली कांग्रेसका पूर्व नेता गुप्ताको फेसबुकबाट)

प्रतिक्रिया