लाओसलाई हराउँदै नेपालकाे विजयी सुरुवात

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो । नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे ।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत सानदार गोल गर्दै खाता खोलेका थिए ।

यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २-० बनाए ।

नवयुगले राष्ट्रिय टिमबाट आठौं अन्तर्राष्ट्रिय गोल गरेका हुन् भने दुइ वर्षयता पहिलो गोल गरेका हुन् । सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइसँगको खेलमा उनले गोल गरेका थिए ।

प्रतिक्रिया