राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकबाट तामाङ संसदीय दलको उपनेता चयन भएका हुन् । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् । शनिबार बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको प्रवक्ता ज्ञानेन्द्रशहादुर शाहीले बताए ।

यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए ।

प्रतिक्रिया