स्माटच्वाईस टेक्नोलोजिज र प्रभु बैंकवीच सहकार्य

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटि) तथा ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच फास्ट बैंकिग सेवा संचालन गर्ने सम्वन्धी सम्झौता भएको छ । फास्ट बैंकिग नेपाली बैंकिग जगतमा मोबाइल बैंकिग तथा इन्टरनेट बैंकिगमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुशन हो ।

सम्झौता पश्चात प्रभु बैंकका ग्राहकले फास्ट बैंकिगको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने छन् । साथै, खुल्ला एपीआई मार्फत बैंकका थप सेवालाई मोबाइल बैंकिगमा जोड्न सकिने र फास्ट बैंकिगले बैंकको शाखामा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरि ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सक्ने उल्लेख छ ।

बिगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरिय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र बैंकबीच भएको सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ । सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका तर्फबाट प्रमुख सन्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया