बझाङ । बझाङको मष्टा गाउँपालिका ६ का जेष्ठ नागरिक अपाङ्गगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० को स्वीकृत वजेटमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडा ६ का ६० जना जेष्ठ नागरिक तथा अपाङ्गगता भएकाहरुलाई सम्मान स्वरुप ब्ल्यांकेट वितरण गरेको वडाध्यक्ष शिबराज बोहराले बताए ।
बोहराले भने, ‘चुनावको समयमा आफूले जेष्ठ नागरिक, युवा, महिला, वालवालिका, अपाङ्गता भएका व्यक्तिलाई विशेष जोड दिने बताए । उनले ज्येष्ठ नागरिकहरू ज्ञान सीप र अनुभवले खारीका हुँदा उनीहरुको सुझाव आफ्नो लागि विशेष हुने बताए । उनले युवाहरु समाज विकास निर्माणमा सैन्य दस्ताझै सदैव तयार हुनुपर्ने बताए । चिसो मौसमको समयमा न्यानो कपडा पाएपछी ज्येष्ठ नागरिक अपाङ्गता भएकाहरु निकै खुसी भएका थिए ।
बझाङ
प्रतिक्रिया