कैलालीमा हँसिया प्रहारबाट एकको मृत्यु, एक घाइते

धनगढी । कैलालीमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु भएको छ । हँसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ भगतपुर बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो ।

मंगलबार राती जोशीपुर गाउपालिका- ६ कुमारी बाग बस्ने भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले हँसिया प्रहार गर्दा साला नाता पर्ने पदमराजको मृत्यु भएको र अर्का साला ४० वर्षीय जयराज भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट सख्त घाइते भएका दुबै जनालाई उपचारको लागि टिकापुर अस्पताल पठाएकोमा अस्पतालमा पुगि डाक्टरले चेकजाँच गर्दा घाइते पदमराजलाई मृत घोषणा गरेको र अर्का घाइते जयराजलाई थप उपचारको लागि कोहलपुर रिफर गरेको प्रहरीले जनाएको छ ।
घटना पछि आरोपित ढुङ्गाना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया