आणुवंशिक परिवर्तन गरिएका विउविजन खतरनाक

लोकनारायण सुवेदी

केही समय पहिला भारतका एक प्रसिद्ध बैज्ञानिक प्रोफेसर पुष्प भार्गबको निधन भयो । उनी भारतको सेन्टर फर सेलेक्युलर एन्ड मोलिक्युलर बायोलोजी हैदराबादका संस्थापक निर्देश रहेका थिए र नेसनल नलेज कमिसनका उपाध्यक्ष पनि थिए । उनले यस्ता गम्भीर खतराकाप्रति खासगरी आणुवंशिक परिवर्तन गरिएका बालीनालीको खतराप्रति पटकपटक चेतावनी दिएका थिए तीप्रति बहुतै सावधान हुनु अत्यावश्यक छ भनेका थिए ।

आइपिसिसीको प्रतिवेदनले रासायनिक मल, आणुवंशिक परिवर्तन गरिएका (जनेटेकल्ली मोडिफाइड–जिएम) र वर्णशंकर (हाइब्रिड) बिउवीजनको प्रयोग तथा सिँचाइ सुविधाका कारण विगतका तुलनामा खाद्यान्न उत्पादन बढे पनि अझै ठूलो जनसंख्याका लागि अपर्याप्त भएको औँल्याएको छ । प्रतिवेदनअनुसार सन् १९६० को तुलनामा हाल विश्वव्यापी खाद्य आपूर्ति ३० प्रतिशतले बढेको छ ।

सन् १९९० को तुलनामा अन्न उत्पादन १ सय १२ प्रतिशतभन्दा अधिकले बढे पनि हामीकहाँ उत्पादित खाद्यान्नले नपुगेर वार्षिक डेड खर्ब रुपैयाँ बराबरको अन्न आयात गरिरहेका छौँ, यो निकै चिन्तालाग्दो विषय हो । कुल अन्नमध्ये विगत ३० वर्षमा धानको उत्पादन ६० प्रतिशतले, गहुँको उत्पादन २ सय १६ प्रतिशतले, मकै उत्पादन १ सय ४४ प्रतिशतले, कोदोको उत्पादन २९ प्रतिशतले बढेको छ । ०४६÷४७ मा धानका कुल उत्पादन ३५ लाख २ हजार मेट्रिक टन रहेकोमा आव ०७५÷७६ मा ५६ लाख १० हजार मेट्रिक टन पुग्यो । यसैगरी गहुँ उक्त वर्ष ८ लाख ३५ हजार टन उत्पादन भएकोमा आव ०७५÷७६ मा २० लाख ३६ हजार टन पुग्यो । यस्तै, मकै ०४६÷४७ मा १२ लाख ३० हजार टन उत्पादन भएकोमा आव ०७५÷७६ मा २६ लाख ४४ हजार टन पुग्यो भने कोदो ०४६÷४७ मा दुई लाख ३१ हजार टन उत्पादन भएकोमा आव ०७५÷७६ मा तीन लाख टन पुग्यो । यसका बाबजुद हामीकहाँ उत्पादित खाद्यान्नले नपुगेर आर्थिक वर्ष ०७५÷७६ मा ५१ अर्ब ८० करोड रुपैयाँ बराबरको अन्न आयात ग¥यौँ, जसमध्ये ३२ अर्ब ५९ करोड रुपैयाँको चामल–धान र कनिका थियो । भन्सार विभागका तथ्यांक हेर्ने हो नेपालले सबै किसिमका सग्ला अन्न मात्र नभई तिनका कनिका, ढुटोसमेत आयात गरिरहेको देखिन्छ ।

यता निकै वर्षदेखि विश्वका अधिकांशजसो किसानहरूको संकटको एउटा ठूलो कारण उनीहरूको आत्मनिर्भरता र स्वाबलम्बनमा ठूलो स्खलन आउनु हो । यसले गर्दा उनीहरू कृषिको कुनै नयाँ प्रविधिलाई अपनाउनुका साथै रासायनिक कीटनाशक, झारपातनाशक, रासायनिक मलखाद, बाहिरी बिउवीजनका सामग्रीहरूमाथि अत्यधिक निर्भर बन्न गएका छन् र बनाइँदैछन् । उनीहरूले यो परनिर्भरतालाई यस अपेक्षाकासाथ स्वीकार गरेका थिए कि यसले उनीहरूलाई आर्थिक समृद्धिको दिशामा लैजानेछ । तर आरम्भका केही वर्षमा सफलताजस्तो देखिए पनि केही वर्षमै उनीहरूको भूमिको उर्वरतामाथि यी रासायनिक तत्वहरूको बढ्दो प्रतिकूल असर देखिन थाल्यो । अनि थप महँगो प्रविधिको बोझले हैरान तुल्याउन थाल्यो ।

विशेषगरी यसले गर्दा साना किसानहरू त ऋणको भारले ठूलो मारमा पर्दै गए । बालीनालीका नयाँ जातमा लाग्ने नयाँ किसिमका रोगहरू र कीराहरूले पनि अझ बढी उनीहरूलाई हैरान पार्दै लग्यो । एकातिर आधारभूतरूपमा किसानहरू यस्ता नकारात्मक अनुभवहरूबाट गुज्रिरहेका थिए भने त्यही ठुल्ठूला बहुराष्ट्रिय कम्पनीहरूको स्तरमा यस्ता प्रयासहरू चलिरहेका थिए कि किसानहरूमाथि आफ्नो नियन्त्रण अझ बढ्न जाओस् । यसरी नियन्त्रण बढाउने प्रमुख माध्यम र साधन कृषिका बिउवीजनलाई बनाइयो । किनभने बिउमाथिको नियन्त्रणले पूरै खेती–किसानीमाथि नियन्त्रण हुनसक्छ ।

अतः ठूला कम्पनीहरूले बिउको क्षेत्रमा आफ्नो नाफाका लागि खुट्टा पसार्न सुरु गरे । पहिला यो बिउवीजनको क्षेत्रमा धेरैजसो साना कम्पनीहरू नै देखापर्ने गर्दथे । तर अब विश्व स्तरका ठूला बहुराष्ट्रिय कम्पनीहरूले त्यस्ता ससाना कम्पनीहरूलाई किन्न सुरु गरे र सबैलाई मातहतमा लिए ।

जुन ठूला कम्पनीहरू यस क्षेत्रमा आए ती पहिलादेखि नै कृषि रसायनहरू, विशेषगरी विषादी कीटनाशहरू झारपात नाशकहरू आदिको उत्पादनमा लागेका थिए । यसरी अहिले बिउ उद्योग तथा कृषि रसायन उद्योगहरू एउटै किसिमका कम्पनीहरूको हातमा केन्द्रिकृत हुन थाल्यो । यसबाट के खतरा पैदा भयो भने कम्पनीले यस्ता बिउवीजन मात्र तयार गर्दछ जुन तिनले प्रयोग गरेका रासयनिकहरू अनुकूल हुन्छन् र यसरी तिनले बिउवीजनलाई आफ्ना रसायन बेच्ने माध्यम बनाउँदछन् । विभिन्न यस्ता ठूला कम्पनीलाई लाग्यो कि आफ्ना विभिन्न उद्देश्यहरू प्राप्त गर्नका लागि जस्तो कि बिउ बनाउने कुरा त्यो उनीहरूको रासायनिक बिक्रीको अनुकूल होस्, उनीहरूलाई जेनेटिक इन्जिनियरिङबाट धेरै मद्दत मिल्न सक्छ । अनि ती कम्पनीहरूले जेनेटिक इन्जिनियरिङमा ठूलो स्तरमा लगानी गर्न आरम्भ गर्दछन् । यही ‘जनेटिक इन्जिनियरिङबाट प्राप्त बालीनालीलाई संक्षेपमा जिएम(जेनेटिकल्ली मोडिफाइड) बालीनाली भनिन्छ ।

जिएम बालीनालीको विरोधको एउटा प्रमुख आधार के हो भने ती बालीनालीहरू स्वास्थ्य तथा पर्यावरणका दृष्टिले सुरक्षित छैनन्, हुँदैनन् । अनि यसको असर जेनेटिक प्रदुषणको माध्यमले अन्य समान्य बालीनाली तथा बोटबिरुवामा पनि फैलिँदै जान सक्छ । यस कुरालाई ‘इन्डिपेन्डेन्ट साइन्स प्यानेल’(स्वतन्त्र विज्ञान मञ्च) ले बहुत सारगर्भित किसिमले व्यक्त गरेको छ । यस प्यानलमा जम्मा भएका विश्वका विभिन्न देशका प्रतिष्ठित वैज्ञानिकहरू तथा विशेषज्ञहरूले जिएम बालीनालीका विषयमा महत्वपूर्ण दस्ताबेज तयार गरेका छन्, जसको निष्कर्षमा उनीहरूले भनेका छन्, ‘जिमए बालीनालीका बारेमा लाभको जुन कुरा गर्ने गरेको थियो त्यो प्राप्त हुन सकेन र भएन अनि यी बालीनालीले खेतबारीमा बढदो समस्या नै उपस्थित गरिरहेका छन् । अब यस बारेमा ब्यापक सहमति छ कि यस्ता बालीनालीको प्रसार हुँदा ‘ट्रान्सजेनिक प्रदूषण’बाट बच्न सकिँदैन । अत जिएम बालीनाली तथा गैर जिएम बालीनालीको सहअस्तित्व हुन सक्तैन ।’

सबभन्दा महत्वपूर्ण कुरा अर्को के छ भने जिएम बालीनालीको सुरक्षा या सेफ्टी प्रमाणित हुन सकेको छैन । यसको विपरीत बरु यस्ता पर्याप्त प्रमाण प्राप्त भइसकेका छन्, जसबाट यी बालीनालीको सेफ्टी या सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न हुन्छ । यदि तिनको उपेक्षा गरियो भने स्वास्थ्य तथा पर्यावरणको गम्भीर क्षति हुनेछ जसको पूर्ति हुन सक्तैन, जसलाई पुनः ठीक पार्न सकिँदैन । जिएम बालीनालीलाई अब सिधै अस्वीकृत गरिनुपर्दछ । यस्तो बालीनालीसँग सम्बन्धित खतराको सबैभन्दा अहम् पक्ष कैयाँै वैज्ञानिकहरूले के बताएका छन् भने जुन खतरा पर्यावरमा फैलिनेछ त्यसमा हाम्रो नियन्त्रण रहन पाउने छैन अनि ठूलो दुष्परिणाम सम्मुख आउँदा हामीले यसको क्षतिपूर्ति गर्न सक्ने छैनौँ । जेनेटिक प्रदुषणको गम्भीरता पत्ता लाग्दा यसका कारणहरूको खोजी गरेर तिनलाई नियन्त्रित गर्न सकिन्छ तर जेनेटिक प्रदूषण जुन पर्यावरणमा फैलिसकेको हुन्छ त्यो हाम्रो निणन्त्रणबाट बाहिर हुन जान्छ ।

केही समय पहिला भारतका एक प्रसिद्ध वैज्ञानिक प्रोफेसर पुष्प भार्गवको निधन भयो । उनी भारतको सेन्टर फर सेलेक्यूलर एन्ड मोलिक्युलर बायोलोजी हैदराबादका संस्थापक निर्देशक रहेका थिए र नेसनल नलेज कमिसनका उपाध्यक्ष पनि थिए । उनले यस्ता गम्भीर खतराकाप्रति खासगरी जिए बालीनालीको खतराप्रति पटकपटक चेतावनी दिएका थिए तीप्रति बहुतै सावधानी बर्तिनु अत्यावश्यक छ भनेका थिए । भारतको सर्वोच्च अदालतले प्रो.पुष्प भार्गवलाई ‘जेनेटिक इन्जिनियरिङ कमिटी’(जिइएसी)को कार्यमाथि निगरानी राख्नका लागि नियुक्त पनि गरेको थियो । जस्तो किसिमले जिइएसीले बिटी बैगुन(भन्टा) लाई हतारहतारमा स्वीकृृत दिएको थियो डा.पुष्प भार्गवले त्यसलाई अनैतिक तथा एउटा बहुत गम्भीर गल्ती बताएका थिए । उनले जेनेटिक रूपले सम्बन्धित (जेनेटिकल्ली मोडिफाइड) अर्थात जिएम बालीनालीको एकदमै स्पष्टरूपले र तथ्यगत आधारमा एकदमै प्रखरतापूर्वक विरोध गरेका थिए । अनि अर्को कुरा जिए खाद्य पदार्थका बारेमा के पनि सिद्ध भइसकेको छ भने यसबाट मूसाहरूमा क्यान्सर हुने गर्दछ । त्यसै लेखमा उनले अझ स्पष्ट शब्दमा भनेका थिए कि यदि हामी विज्ञानका लागि प्रतिबद्ध छौँ भने तथा आफ्ना नागरिकहरूलाई स्वस्थ भोजन उपलब्ध गराउन प्रतिबद्ध छाँै भने हामीले जसरी जिएम भन्टामा प्रतिबन्ध लगाएका थियौँ त्यसरी नै हामीले जिएम सस्र्यौंमाथि पनि प्रतिबन्ध लगाइदिनु पर्दछ र सबै जिएम बालीनालीलाई ‘हुन्न’ भन्नुपर्दछ जस्तो कि युरोपेली संघका १७ देशहरूले भनेका छन् ।

भारतका ती विद्वान वैज्ञानिक भार्गवले एउटा अर्को लेख (७ अगस्ट २०१४)मा लेखेका थिए कि ‘झन्डै पाँच सय अनुसन्धान तथा प्रकाशनहरूले जिएम बालीनालीको मानिस, अन्य जीवजन्तु तथा बोटबिरुवाको स्वास्थ्यमा हानिकरक असर हुने कुरा स्थापित गरेको छ । ती यस्ता वैज्ञानिकहरूको स्थापना हो जसको इमानदारीका बारेमा कुनै प्रश्न उठेको छैन’ । वैज्ञानिक भार्गवले चेतावनी पनि दिएका थिए कि केही मुठ्ठीभर शक्तिशाली व्यक्तिहरूद्वारा आफ्नो र बहुराष्ट्रिय कम्पनीहरूको हितलाई जेनेटिकरूपमा परिवर्तित(जिए) बालीनालीको माध्यमबाट अगाडि बढाउन चाहन्छन् भने त्यसबाट सावधान रहनुपर्दछ । यस्तो प्रयासको अन्तिम लक्ष कृषि तथा खाद्य उत्पादनमाथि तिनको पूर्ण नियन्त्रण स्थापना गर्नु नै हो भन्ने उनको ठोस निष्कर्ष थियो ।

प्रतिक्रिया