२०२६ सालमा मेरा एक जना हितैषी मित्र जापानको एक युथ सेन्टरमा अंग्रेजी विषय पढाउँदै हुनुहुन्थ्यो । त्यस युथ सेन्टरमा विविध विषयमा विविध देशका युवाहरूले पढ्ने र पढाउने गर्दथे । त्यही मध्येका एक पाकिस्तानी युवाका साथमा मेरा साथी पनि सँगै ट्रेनमा चढेर अर्को सहरतिर जाँदै थिए ।
ट्रेनबाट उत्रेपछि त्यो युवकले आफ्नो सबै पाकेट छामेर हड्बडाउदै भनेछन् लौ मेरो पाकेट मारिएछ । पिकपकेट भयो भनेपछि त्यही ट्रेनबाटै आएको अर्को यात्रीले ये के भयो भनेर सोधेछ । पिकपकेट हँुदैन यो शब्द जापानमा छैन । लौ भन तिम्रो कति पैसा हरायो ? लौ भन म दिन्छु तर त्यो शब्द यही अन्त्य गरेर अरूसँग नभन प्लिज भनेर पाकिस्तानी विद्यार्थीलाई दिएर बिदा दिएछ । यो सत्य घटना जस्ताको त्यस्तै मेरा साथीले मलाई भनेका थिए ।
अर्को घटना आजकै २० वर्षअघि जेठ महिनामा म जर्मनीको फ््रयांकफर्टको उत्तर–पूर्वको ग्रामीण क्षेत्रमा रहेको साथी घनश्यामलाई भेट्न गएको बेलाको हो । त्यहाँबाट फर्कने क्रममा उनले मलाई २ तले ट्रेनको टिकट काटेर चढाएर बाइबाइ गरेर गए । मैले त्यहाँको रमणीय दृश्य हेर्न चोटामा उक्लेर ब्याग तखतामा राखेर भिडियो केमरा निकालेर फोटो खिच्दै आउँदा फ््रयांकफर्ट पुगेको यादै भएन ।
२ तले ट्रेन रोकियो क्यामरा बन्द गर्दै तल ओर्लेर कोलहन जाने ट्रेन चढ्नेतिर लागेँ । तर २ तले ट्रेनको माथि ¥याकमा राखेको ब्याग लिनै बिर्सेछु । त्यो ब्यागमा केही डलर र जर्मनी मुद्रा, फेर्ने कपडा आदि थियो । पासपोर्टसमेत भएकोले मलाई आपत परेपछि दौडेर अघि आएको २ तले रेल खोजे तर अन्तै गइसकेछ । त्यसपछि खोजतलास लसफन्ड खोजेर हराएको ब्यागको हुलिया र मेरो कोलहन सिटीको मेरो भतिजा सुनील आचार्यको डेराको ठेगाना लेखाएँ । फ््रयांकफर्टबाट कोलहन ट्रेन चढेर गएर साथीलाई भने । भोलिपल्ट दिउँसो १ बजेतिर हाम्रै डेरामा कलबेल बज्यो । ढोकामा हुलाकीले एउटा कार्टुन दियो । खोल्दा मेरो ब्यागको फस्नरसमेत नखोली ल्याएको रहेछ । सायद नेपालीले आज नपत्याउलान् ?
अन्त्यमा आज संसारमै इमानदार कहलिएका नेपालीहरू पैसा र पद पाउनका लागि नेपालीलाई भुटानी बनाएरै करोडौँमा बेच्नेदेखि यहाँ लेख्नै नहुने कुकर्महरू समेत गरिरहेको देखेर बिपी कोइरालाको आत्माले श्राप र धिक्कार दिँदैछन् ? पापको फल भोग्न सबै तयार रहेछन् ।
रामहरी बाजे
विदुर–४, नुवाकोट
०००
नेपाली कांग्रेसमा खतराको घण्टी
नेपाली कांग्रेस भित्रको अनुशासनको कारबाही काण्ड पार्टी भित्रको आन्तरिक लोकतन्त्रका लागि खतराको घण्टी हो । नवलपरासी जिल्लाका संभावित आन्तरिक प्रतिस्पर्धी विक्रम खनाललाई समाप्त पार्न उद्योगपति विनोद चौधरीले अघि बढाएको कारबाहीको चपेटामा अन्य १७ जनासमेत परेका छन् ।
पार्टीको विधान मिचेर सांसद तथा केन्द्रीय सदस्य बनेका चौधरीले केही दिनअघि केन्द्रीय समितिको बैठकमै डा.शेखर कोइरालामाथि जेहाद छेडेका थिए । पहिलो चरणमा सभापति शेरबहादुर देउवालाई आफ्नो हातमा लिएर कोइराला परिवारलाई कांग्रेसबाट किनारा लगाउने र दोस्रो चरणमा देउवालाई समेत विस्थापित गरेर नेपाली कांग्रेस आफ्नो हातमा लिने चौधरीको अभियान हो यो । चौधरीको यो महत्वकांक्षामा सहभागी भएर देउवाले कांग्रेस र आफ्नो खुट्टामा बन्चरो हानेका छन् ।
चौधरीसामु देउवा नतमस्तक हुनुको पछाडि ठुलै ब्ल्याकमेलिङ हुनसक्ने आशंका पनि गरिएको छ । चौधरीले पोल खोल्ने डरले उनको इशारामा नाच्नु पर्ने अवस्थामा देउवा पुगेका हुन् भने नेपाली कांग्रेसको दुर्दिन सुरु भए । पञ्चायतकालका अति कष्टकर दिनमा जुँगाको रेखी नबस्दै कांग्रेसको राजनीतिमा होमिएका बिक्रम खनाललाई विधान विपरीत पार्टीमा छिरेका विनोद चौधरीले सिध्याउने सिलसिला कांग्रेसका लागि घातक हो ।
नेपाली कांग्रेस आजसम्म बाँचेको भनेको गौरवशाली इतिहासले हो । देउवालाई अपवादमा छाडेर नेपाली कांग्रेसका अहिलेसम्मका सबै सभापतिहरूले मुलुकका लागि गौरवशाली योगदान दिएका छन् । उदाहरणका लागि बिपी कोइरालाले कांग्रेसको जन्म दिए, सिद्धान्त दिए २००७ सालको जनक्रान्तिमार्फत मुलुकमा प्रजातन्त्र ल्याए । सुवर्णशमशेर राणाले प्रथम आमनिर्वाचन गराए, नेपाली कांग्रेसलाई समाजवादी बाटोमा लगे ।
कृष्णप्रसाद भट्टराईको नेतृत्वमा पञ्चायत ढल्यो । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकमा गणतन्त्र स्थापना भयो । सुशील कोइरालाको नेतृत्वमा संघीय लोकतान्त्रिक नेपालको संविधान निर्माण सम्पन्न भयो ।
सके देउवाले आफ्ना अग्रज सभापतिहरूको पादचिन्हमा हिँड्न सक्नुपर्छ, हिँड्न नसके पनि उनीहरूको सम्मान गर्नुपर्छ । जसले कांग्रेसको गौरव बढाएको छ, जनअधिकार बहालीका लागि इमानदारीपूर्वक खटेर सफलता हासिल गरेको छ उनीहरूविरुद्ध खनिनु देउवाको ठुलो भुल हो । नेपाली कांग्रेसको अधोगतिको रफ्तार अझै बढ्ने संकेत हो यो ।
विनोद चौधरीले कोइराला परिवारविरुद्ध जसरी अभिव्यक्ति दिए, जसरी कांग्रेसको चुरोको रूपमा रहेका कार्यकर्तालाई निकाल्न देउवालाई प्रयोग गरे त्यसले नेपाली कांग्रेसलाई अझै ठुलो क्षति पु¥याउने निश्चितजस्तै छ ।
राणाशासन फालेको, पञ्चायती शासनलाई घँुडा टेकाएको र राजतन्त्रलाई विस्थापित गरेको गौरवशाली इतिहासले नेपाली कांग्रेसलाई जोगाएको हो । इतिहास मात्रै होइन कांग्रेससँग सामथ्र्यशाली संगठन पनि छ । यही मौकामा कांग्रेसलाई सधैँका लागि कब्जा गर्ने रणनीतिमा चौधरी छन् कि भन्ने आशंका कांग्रेस कार्यकर्ता पंक्तिमा सुरु हुनु स्वभाविकै हो ।
अनुशासनको कारबाही प्रकरणमा नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिमा सोधेको प्रश्नले कांग्रेस विभाजन तर्फको यात्रामा छ कि, भन्ने अनुमानलाई बल पुगेको छ । उनी चुप लागेर बस्ने संकेत देखिन्न । किनकी उनले भनेका छन्,
‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठ्ठीसम्म पनि काट्न सक्ने ताकत राख्नु हुँदो रहेनछ । तपाईंका विरूद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नु हुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’
विपिन कालाखेती
कलंकी, काठमाडौँ
प्रतिक्रिया