बझाङमा ३१औँ अपांगता दिवस सम्पन्न

बझाङ । बझाङ जिल्लामा ३१औँ अपांगता दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमबीच अपांगता दिवस सम्मपन्न भएको हो ।

जिल्ला अपांग महासंघ बझाङका अध्यक्ष भानुभक्त जोशीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल रहेका थिए भने अन्य अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीलगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिकास वक्ताहरुले अपांगता भएकाहरुलाई सबैले माया, स्नेह, ममता, गर्नुपर्ने र सार्वजनिक यातायातहरुमा भाडादरमा कम गनुपर्ने अहिले समाजमा अपांगता भएकाहरुलाई गलत नजरलाई हेर्ने प्रवृतिकोे अनत्य हुनुपर्ने जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विष्णा दमाईले राखेकी थिइन् । कार्यक्रम सञ्चालन नागरिक समाजका जिल्ला प्रमुख दिर्घराज जोशीले गरेका हुन् ।

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको बित्थडचिर गाउँपालिका– २ लिमतोलि बस्ने प्रकाश बोहराकी २६ वर्षीया श्रीमती दुर्गादेवी बोहरा रहेकी छन् । उनको शनिबार घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर बोहराले जानकारी दिए । बोहराका अनुसार दुर्गा लगभग ३ सय मिटर तल खसेकी थिइन् । मृतक बोहराका ४ वर्षीय १ छोरा र श्रीमान् रहेका छन् ।

प्रतिक्रिया