कफी सोलुसन र मुक्तिनाथ विकास बैंक बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लघुवित्त कार्यक्रम मार्फत शहर तथा ग्रामीण भेगका कम आय भएका महिला तथा उद्यमीहरुलाई घरघरमा कर्जा बचतको कारोबारमार्फत उद्यमशीलता विकासमा सहयोग गर्दै आइरहेको छ ।

कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने,आयात सम्बन्धी क्रियाकलाप गर्ने, कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउने लगायतका काम गर्दै आइरहेको बैंकले जनाएको छ ।

कठमाडौंको पुतलिसडस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंक बीच एक कार्यक्रमका बीच कफी व्यवसाय सञ्चालन गर्न चाहनेलाई व्यवसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता समेत भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले यो कार्यबाट साना वर्गका व्यवसायीहरुको दैनिक जिविकोपार्जनमा सहयोग पुग्ने बताए । साथै स्वःरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठूला व्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशीलता विकासमा टेवा पुग्ने र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने बताए ।

कफी सोलुसनका निर्देशक हरि रायमाझीले मुक्तिनाथ विकास बैंकले न्यून आय भएका वर्गका व्यक्तिहरुलाई प्राथमिकता दिई आय आर्जन वृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कफी सोलुसनले कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरुको छनोट गरी तालिम लगायत सशुल्क कफी मेसिन समेत उपलब्ध गराउँदै आएको छ भने मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम व्यवसायीलाई बिना धितो मुक्तिनाथ विकास बैंकले ऋण उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया