धानको समर्थन मुल्य तोकियो 

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । कार्तिक १६ मा बसेको मन्त्रिपरिषदको बैठकले  मोटा   र मध्यम धानको न्युनतम  समर्थन  मूल्य निर्धारण गरेको हो । 

मोटा धान प्रति क्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ  र  मध्यम धान प्रति क्विक्नटल ३ हजार १ सय २८ रुपैयाँ निर्धारण गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको हो । 

सरकारले आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको मूल्य  प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो । मन्त्रालयको अनुसार गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रति क्विटल २ सय १५ रुपैयाँ बढेको छ । साथै, मध्यम धानमा प्रति क्विन्टल २ सय २६ रुपैयाँ  बढेको हो । मन्त्रालयले गत साउनमा धानको समर्धन मुल्यको लागि प्रस्ताव गरेको थियो ।

सरकारले तोकेको मूल्यअ नुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न जिल्लामा धान खरिद गर्ने गरेको छ । यो सँगै न्यूनतम समर्थन मुल्यमा कृषि सहकारीमार्फत धान खरदि गर्न ३३ करोड बजेट व्यवस्था रहेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत  कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका  लागि  छुट्टै सूचना जारी गरिने मन्त्रालयले जनाएको छ ।

हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको मूल्यमा धान खरिद गर्ने कृषि सहकारीलाई १ सय १२ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलव्ध गराउने व्यवस्था रहेको छ । गत वर्ष सोही कार्यक्रममा करिव ९ हजार मेट्रिक टन धान खरिद भएको थियो । 

प्रतिक्रिया