भीम रावलले पाएनन् टिकट !

काठमाडौं । नेकपा एमाले भीमबहादुर रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् । आगामी निर्वाचनका लागि उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएपनि उनले टिकट नपाउने भएका हुन् ।

उनले यसअघि निर्वाचन जितेको अछाम–१ बाट झपट  बोहोराले टिकट पाउने भएका हुन् । निरन्तर सो क्षेत्रबाट सांसद बनेका उनी आगामी निर्वाचनमा भने टिकट नपाउने भएका हुन् । उनी नेकपा एमाले भित्रको विद्रोही नेताको रुपमा परिचित छन् ।

तत्कालिन नेकपा विभाजनका बेला माधवकुमार नेपाललाई साथ दिएका थिए । तर नेपालले पार्टी फुटाउने बेला भने एमालेमै बसेका रावलसहित अन्य १० जनालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

रावल यसअघि २०५१ देखि २०७४ सम्म सो क्षेत्रबाट उम्मेदवार बनेका थिए । २०५६ मा निर्वाचन पराजित भएका थिए भने अन्य सबै निर्वाचनमा जित हासिल गरेका थिए ।

प्रतिक्रिया