मेसीले भने, ‘कतार विश्वकप अन्तिम हाे’

काठमाडाैं । फूटबल सुपरस्टार लियोनल मेसीले कतारमा हुन लागेको विश्वकप आफ्नो अन्तिम हुने बताएका छन् । पेरिसको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै मेसीले आफू विश्वकपका विषयमा नर्भस रहेको स्वीकार गरे । ‘विश्वकपका विषयमा अपेक्षा र तनाव छ,’ उनले बताए, ‘यो कहिले शुरू होला भनेर आतुरी लागिसकेको छ ।’

मेसीले पहिलोपटक सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा सहभागिता जनाएका थिए । त्यसपछिका सबै विश्वकपमा उनी अर्जेन्टिनाका तर्फबाट सहभागी हुँदै आएका छन् । सन् २०१४ मा उनको टोली फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो ।

अहिले अर्जेन्टिनाले लगातार ३५ खेलमा पराजय भोग्नुपरेको छैन । यसपालि विश्वकप जित्ने फेवरेट टीम अर्जेन्टिना नै हो । ‘हामी निकै राम्रो क्षणमा पुगेका छौं,’ मेसीले बताए, ‘हामीसँग प्रतिभाशाली खेलाडीहरूको बलियो टोली छ तर जे पनि हुन सक्छ ।’ मेसीले अर्जेन्टिनाका लागि १६४ खेल खेलेका छन् र कीर्तिमान ९० गोल हानेका छन् ।

प्रतिक्रिया