राष्ट्रपतिको कदमको समर्थनमा एमालेले उतार्यो सडकमा युवासंघ


काठमाडौं । वर्तमान राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले कुनै बेला टिप्प्णी गरेका थिए ‘एमाले खास्टो ओढेको बिरालो जस्तै कम्युनिष्ट हो जो जात जनाउँछ र म्याउ गरिहाल्छ’ ।

अहिले केसीले भनेको जस्तै चरित्र देखाउँदै एमालेले ‘म्याउँ’ गरेको छ । त्यसे कारण युवा संघलाई राष्ट्रपतिको कदम पक्षमा बुधबार नयाँ बानेस्वरमा सडकमा उतारेको छ ।

अहिले सो पार्टीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा त्यसको समर्थनमा सडकमा उत्रिएको छ । सामन्यतयः माउ पार्टीको आदेश बिना यो संगठन सडकमा उत्रँदैन । तर राष्ट्रपतिको कदमको विरुद्ध देशभरी बिरोध चलिरहेको बेला सो संघले भने समर्थनमा प्रदर्शन गरेको छ ।

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संघले स्वागत र्‍याली निकालेको छ। । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।

प्रतिक्रिया