
मुगु । सौर्य दैनिक पत्रीका र हिमालय टेलिभिजनमा काम गर्दै आएका मुगुका पत्रकार नन्दबहादुर रोकायामाथि दुर्व्यवहार भएको छ ।
जिल्ला कृषि विकास कार्यलयमा माटो प्रयोगशालाविहिन समाचार संकलनमा गएको अवस्थामा कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकार रोकायालाई दुर्व्यवहार गरेका हुन् ।
आइतबार माटो परीक्षण रिपोर्टिङमा गएका पत्रकार रोकाया जाँदा माटो प्रयोगशालाको भिडियो खिच्न दिईएको र अन्तवार्ता लिन खोज्दा कार्य व्यवस्तता भन्दै सयम दिन नखोजेको रोकायाले बताए । साथै, कार्यालय प्रमुख शाहीले पछि आउनु भन्दै टारेको पत्रकार रोकायाको भनाइ छ ।
त्यसको २ घण्टा पछि पुनः कार्यलयमा पुगेर माटो प्रयोगशालाविहिन सम्बन्धी अन्तरवार्ता लिन खोज्दा हिमालय टेलिभिजनकर्मी रोकायालाई अन्तवार्ता दिन्नँ भन्दै हिमालय टेलिभिजनको माइककाे बुम पनि कार्यालय प्रमुख शाहीले फाल्दिएको रोकायाले बताए ।
शाहीले सिष्टम सिकेर आउनु, कति वर्ष भयो पत्राकारिता गरेको भन्दै दुर्व्यवहार गरेको रोकायाले बताए । दुर्व्यवहारको प्रत्यक्षदर्शी ग्यालेक्सि टेलिभिजनका कमल विक र कृषि टेलिभिजका सनत कुमार हमाल रहेको रोकायाको भनाइ छ ।
रोकायाका अनुसार उनीहरु पनि माटो प्रयोगशालाविहिन सम्बन्धी रिपोर्टिङ गर्न कृषि विकास कार्यालयमा पुगेका थिए । कार्यालय प्रमुख शाही र पत्रकार रोकायाबीच भनाभन भएको भिडियो प्रत्यक्ष सुन्न सकिन्छ ।
बिगत ६ वर्षदेखि माटो प्रयोगशाला प्रयोगविहिन
मुगुमा स्थापाना गरिएका माटो प्रयोगशाला प्रयोगविहिन छन् । मुगुमा २०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना गरिएको प्रयोगशाला कर्मचारी अभावले सञ्चालनमा आएको छैन ।
मुगुको माटो प्रयोगशालामा लाखौँ रुपैयाँका सामग्री छन् । जिल्ला कृषि विकास कार्यालय मुगुले, प्रयोगशाला कर्मचारी र बजेट नहुँदा प्रयोगविहीन रहेको जिल्ला कृषि विकास कार्यलय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले बताए ।
प्रयोगशाला पुनः सञ्चालनमा ल्याउन कर्मचारी बजेट नभएको र यसबारे आफूलाई कुनै जानकारी नभएको भन्दै प्रमुख शाहीले गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।
माटो प्रयोगशाला २०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा माटो प्रयोगशाला स्थापना गरिए पनि सबै सञ्चालनमा आएका छैनन् ।
माटो प्रयोगशालाका सामग्री कोठामा थन्किएका छ्न् । माटो प्रयोग शाला माटोको गुणस्तर परिक्षणा गरि त्यसै अनुरुप कृषकले खेति लगाउने भए पनि मुगुलगायत कर्णालीका कृषकले हचुवाका भरमा खेति गर्दै आएका छ्न् ।
प्रतिक्रिया