टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सहजताका लागि भारतमा फोन गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबार (भदौ १) देखि लागू भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाामा उपलब्ध छ । त्यसैगरी विक्ली अफर अन्तर्गत ७ दिन (एक साता)सम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना)सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाा र ७५९ रुपैयाामा उपलब्ध छ ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा फोन गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर छनोट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

प्रतिक्रिया