काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को फिनाले बुधबार हुँदै छ । काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा हुने चौथो संस्करणको फिनालेमा विजेताहरू घोषणा गरिनेछ । यसवर्षको फिनालेमा महिला र पुरुषसहित २७ प्रतिस्पर्धी छन् । जहाँ उनीहरूले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । जसमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन् ।
यसअघि प्रतियोगिताको सबटाइल राउन्डहरू सम्पन्न भइसकेका छन् । उत्कृष्ट प्रतियोगीको नामसमेत घोषणा भइसकेको छ । टप मोडल राउन्डबाट महिलातर्फ रिजु भट्टराई, वर्षा थापा, युक्ता सिंह, अनिशा श्रेष्ठ, दीक्षा अवस्थी, रविना जिसी, सिल्भिया शर्मा, सुम्निमा पुरी टप ८ भित्र अटाए ।
पुरुषतर्फ भने सिद्धार्थ तामाङ, साइरस विश्वकर्मा, अजहार आलम, जीवनकुमार उप्रेती, तेस्वाङ शेर्पा, सिजल कापली, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठ छनोट भए । स्विम वेयर राउन्डको महिलातर्फ सुम्निमा पुरी, सिल्भिया शर्मा, अनिशा श्रेष्ठ, दीक्षा अवस्थी, रिजु भट्टराई, रविना जिसी, अञ्जना शेर्पा र मनिषा पन्त टप ८ मा परे । त्यस्तै, पुरुषतर्फ टप ८ मा जीवन तामाङ, मनिश शाह, सिद्धार्थ तामाङ, साइपस विश्वकर्मा, सिजल कापली, घनश्याम कँडेल, प्रयाग रेग्मी, क्रिशल श्रेष्ठले स्थान बनाए ।
त्यस्तै, आइतबार भएको ट्यालेन्ट राउन्डमा महिलातर्फ ५ र पुरुषतर्फ ५ जना छनोट गरियो । पुरुषतर्फ जीवनकुमार उप्रेती, साइप्रस विश्वकर्मा, क्रिशल श्रेष्ठ, सिजल कापली र सिद्धार्थ तामाङ टप ५ मा परे । त्यस्तै, महिलातर्फ दीक्षा अवस्थी, सुम्निमा पुरी, युक्ता सिंह, रिजु भट्टराई स्वेछा ढकाल शीर्ष ५ मा परे ।
सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले यस वर्षको संस्करणबाट निकै आशावादी रहेको बताए । उनले यसवर्षको फिनाले अझै भव्य हुनेसमेत दाबी गरे । नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य गरेका छन् ।
प्रतिक्रिया