काठमाडौँ । सुरेन्द्रकुमार दाहाल, रोशन सिंह (क्षितिज) र समिक्षा भुजेलको नृत्य तथा अभिनय रहेको म्युजिक भिडियो ‘दिलको ज्योती’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो रोशन सिंह (क्षितिज) नामको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
शंकर अधिकारी (घायल) को निर्देशन रहेको म्युजिक भिडियोमा राजन महर्जनको कोरियोग्राफी, चक्रबहादुर बरालको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ ।
गीतमा रोशनसिंह (क्षितिज) र अस्मिता अधिकारीको स्वर रहेको छ, भने शंकर अधिकारी (घायल) को शब्द, घायल कृष्णको संगीत रहेको छ ।
प्रतिक्रिया