काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् ।खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएको उनकै सचिवालयले जनाएको छ ।
‘बाथरुमा लडेर उहाँ सामान्य घाइते हुनु भएको हो,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘त्यस्तो ठूलो चोट केही लागेको छैन ।’
अहिले भने प्रचण्ड निवासमै आराम गरिरहेका छन् । राति शौचालयमा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।
प्रतिक्रिया