कुश्मा । युवा संघको जिल्ला अधिवेशनमा विवाद हुँदा पर्वतमा युवा संघका दुई गुटबीच कुटपिटमा उत्रिएका छन् । कुटपिटबा नेकपा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल घाइते भएका छन् ।
नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ पर्वतमा राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिना र एमाले संस्थापन प्रतिनिधिसभा सदस्य पदम गिरीका दुई समूह छन् ।
युवा संघको जिल्ला अधिवेशनलाई लिएर बुधबार यी दुई समूहको विवाद हात हालाहाल हुँदा तिमिल्सिना निकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका हुन् । कुटपिटबाट टाउको रक्ताम्य बनेका पौडेललाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ ।
युवा संघ पर्वतको नवौँ जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो । तर, वर्तमान कार्यसमितिका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले वैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गरेका थिए ।
अध्यक्ष र सचिवले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टी जबरजस्ती २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका थिए । अध्यक्ष थापा र सचिव थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गर्नेलगायतका कामहरू नसकिएकाले केही समय सार्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया