काठमाडौं । पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए ।
मोटरसाइकल चालक रामेछापको दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यानका चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की, ठक्कर दिने बसमा सवार दोलखा गौरीशंकरकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीले बस चालक रामकुमार खड्का, भ्यान र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया