द हन्ड्रेडमा २० वर्षीय युवाको ऐतिहासिक शतक

लण्डन । इंग्ल्यान्डका युवा ओपनर विल स्मीडले बर्मिंघम फोनिक्सबाट शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनले बुधबार राती फोनिक्सबाट साउर्थन ब्रेभविरुद्ध शतक हान्दै द हन्ड्रेडमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।
टस हारेर पहिला ब्याटिङ थालेको फोनिक्सले निर्धारित एक सय बलमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । विल स्मीडले ५० बलमा ८ चौका र ६ चौकासहित १ सय १ रनको शतकीय इनिङ खेले ।

२० वर्षीय स्मिडले इंग्ल्यान्डका डेथ ओभर स्पेलिष्ट क्रिस जोर्डन, टाइमल मिल्स, जर्ज ग्रेटन र अष्ट्रेलिया मार्कस स्टोइनिस जस्ता बलरविरुद्ध शतक हानेका हुन् । कप्तान मोईन अली १७, लियाम लिभिङस्टोन २१ र म्याथ्यु वेडले १० रन बनाए । मार्कस स्टोइनिस, क्रिस जोर्डन, ज्याक लिन्टन र जेम्श फुलरले एक एक विकेट लिए ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको ब्राभे ८५ बलमा १ सय २३ रनमा अल आउट भयो । उसका एलेक्स डेभिसले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । कप्तान जेम्श भिन्स १७, क्विन्टन डि कक १५ र टिम डेविड ११ रनमा आउट भए । हेनरी ब्रुक्सले २० बलमा ९ बल डट राख्दै २५ रन खर्चेर ५ विकेट लिए । केन रिचर्ड्सन १५ बलमा ७ डट राख्दै १९ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया