अबको राजनीति युवा समुहमा

प्रदीप उप्रेती

चेतनशिल युवा समुहमा रहेको आत्मविश्वास सहितको उर्जा कुनै कारणवश दुरुपयोग हुन गएमा त्यसले अवश्य पनि हिंसात्मक रुप धारण गर्नेछ । तसर्थ उक्त उर्जावान शक्तिलाई सकारात्मक कार्यको लागि प्रोत्साहित गर्नुपर्ने हुन्छ । सम्बद्ध पक्ष चेतनशिल हुनको साथसाथै अन्य समुदायको लागि प्रेरणाको स्रोत पनि हो । जसले राज्यको शक्तिसन्तुलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै उत्पादनशिल समुह समेत रहेको हुदा विष्पोटनको खतरालाई सहजै नजरअन्दाज गर्न मिल्दैन ।

राज्यसञ्चालनमा आएको सकारात्मक सोचको प्रतिफल भन्नु नै युवाशक्ति राष्ट्रको नेतृत्वदायी—निर्णायक शीर्ष स्थानमा आसिन रहन सक्ने वातावरण तर्जूृमा गर्नु हो । राजनीतिको सामान्य सिद्धान्तलाई अनुुुुशरण गर्दै ब्यवहारमा लागुगर्ने चेष्टा गर्ने हो भने, निश्चित रुपमा जनपक्षिय कार्य एवं नैतीक जिम्मेवारीलाई सफलतापूर्वक वहन गर्न सक्ने युवा समुहको सकारात्मक सोचको खाँचो सदैब लोकतान्त्रिक राज्यब्यवस्थामा रही आएको हुन्छ । तर मुलुकको राष्ट्रिय राजनीतिमा आज पर्यन्त केहिहदसम्म यस गहन तथ्यको अभाव रहन आएको पाईयो । प्रस्तुत : विषयमा सही एवं जनपक्षिय निर्णय लिन नसक्ने समुह कथमकदाचीत सत्तामा आसिन रहन पुगे भने मुलुकको भविष्य अन्योलता तर्फ धकिलिने प्रवल सम्भावना जीवन्त रहन्छ । जसका कारण राजनीतिक शक्ति एवं तिनका समर्थकको दवावको कारण राज्यपक्षबाट गरीने कतिपय निर्णयले नागरिक समाजमा द्धन्द्ध निम्ताउनुको साथै प्रशासनिक निकायमा समेत अपारदर्शि अवस्था सिर्जना हुने सम्भावनालाई नकार्न मिल्दैन । समुल रुपमा राज्यले सिमीत समुहको प्रतिनिधित्व गर्ने मात्र नभई आफ्नो सम्पूर्ण योग्यता सहितको दक्षतालाई उच्चप्रदर्शन गर्दै लोकतन्त्रलाई युग–युगान्तर सम्म जिवन्त राख्न सक्ने लोककल्याणकारी राज्य ब्यवस्थाको अवधारणा अनुसारको कार्य गर्नु पर्नेछ । विपरित अवस्था पैदा भए अराजकताले प्रश्रय पाउनेछ । जसको नकारात्मक प्रभाव स्वरुप लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यतामा गतीरोध उत्पन्न भई जनभावना विपरीतका कार्यले मौलाउने अवसर प्राप्त गर्नेछ भन्दा फरक नपर्ला ।

तदुपरान्त अराजकताको आडमा भ्रष्टाचारजन्य गतीविधीले उग्रता हासिल गर्दै नागरिक समाज एवं राज्यविच विश्वासको संकट उत्पन्न हुन जानेछ । जसको अत्यधिकताले अप्रत्यासित रुपमा गरीवीको तथ्यांकीय दरमा अस्वाभाविक रुपमा अभिबृद्धि हुन गई न्यून भन्दा न्यून वेतनमानमा जोखिमले भरीएको कार्यगर्न आजका युवा वाध्य रहनु पर्ने अवस्था प्रारम्भ हुनेछ । प्रस्तुत अवस्था प्रादुर्भाव हुनुको प्रमुख कारक तत्वको रुपमा भविष्य केन्द्रित स्पष्ट राजनीतिक दिग्दर्शनको अभावमा निम्तीएको निराशाजनक अवस्थाको रुपमा यसलाई चित्रण गर्न सकिन्छ । जसले मुलुकको अर्थब्यवस्थामा समेत ऋणात्मक प्रभाव पार्नेछ ।
जुन मुलुक र जनताको लागि घातक ः सावित हुने देखिन्छ । किनकी विद्यमान अवस्थामा कायम रहेको बेरोजगार युवाशक्ति त्यस्तो ऊर्जावान राष्ट्रवादी शक्ति हा,े जसले धेरै हदसम्म क्रान्तिगत मनोभावका कारण राज्यसत्तामा असहज परीस्थिती निभाऊन सक्ने क्षमता राख्दछ । उर्जावान मानिने प्रस्तुत शक्तिको दुरुपयोग बाह््य वा आन्तरीक राजनीतिक दुरासययूक्त समूहवाट हुन सक्ने सम्भावित खतरालाई औल्याउदै सतर्क रहनु पर्ने हुन्छ । किनकी नेपालका अतिरिक्त विश्वको कुनै पनि मुलुकमा भोगको ज्वालाले नौलो द्धन्द्ध सुत्रपात गरेको ऐतिहासिक तथ्यहरुले प्रमाणित गरी सकेको छ । केहिहद सम्म माओवादी द्धन्द्धले पनि यसै तथ्यलाई अनुशरण गरेको हो भन्न सकिन्छ ।

किनकी चेतनशिल युवा समुहमा रहेको आत्मविश्वास सहितको उर्र्जा कुनै कारणवश दुरुपयोग हुन गएमा त्यसले अवश्य पनि हिंसात्मक रुप धारण गर्नेछ । तसर्थ उक्त उर्जावान शक्तिलाई सकारात्मक कार्यको लागि प्रोत्साहित गर्नुपर्ने हुन्छ । सम्बद्ध पक्ष चेतनशिल हुनको साथसाथै अन्य समुदायको लागि प्रेरणाको स्रोत पनि हो । जसले राज्यको शक्तिसन्तुलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साथै उत्पादनशिल समुह समेत रहेको हुदा विष्पोटनको खतरालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । राष्ट्रिय स्तरको संभावित नौलो द्धन्द्ध न्यूनिकरणको लागि युवा ब्यवस्थापन कार्य अति नै जरुरी भई सकेको छ । जसलाई चुनौती विचको अवसर भन्दा फरक नपर्ला ।

राजनीतिक वितृष्णाका कारण विशेषगरी युवा समुहमा निम्तिने द्धन्द्धगत मनोभावना न्यूनिकरणको लागि मुलुक भित्रै उत्पादनशिल रोजगारीको सिर्जना गर्नुपर्ने हुन्छ । यसका अलावा केहिहदसम्म वैदेशिक स्तरको रोजगारीले पनि यस क्षेत्रमा रहेको नकारात्मक उर्जालाई न्यून गर्न सहयोगीको भूमिका निर्वाह गर्नेछ । अत ः चेतनशिल युवा जमातलाई यथोचीत ब्यवस्थापन एवं उपयोग गर्दै , मुलुकको प्रशासनयन्त्र लगायतका सरकारी एवं राजनीतिको क्षेत्रमा सम्बद्ध समुहको पहुच अभिबृद्धि गर्न सक्ने वातावरण निमार्ण गर्नु समयको माग समेत हो ।

जसले सामाजिक उत्तरदायित्व लगायत मुलुकको हरेक क्षेत्रमा चेतनशिल युवा समूहको सकारात्मक सोच सहितको आर्थिक, सामाजिक, एवं राजनीतिक अधिकार स्थापित हुन जानेछ । प्रस्तुत अवधारणाले मूर्तरुप धारण गरे पश्चात ः हाल हरेक क्षेत्रमा कायम रहदै आएको अस्वथ्य प्रतिस्पर्धात्मक अवस्थाको अन्त हुन गई नयाँ विहानीको शुत्रपात हुने अवस्था प्रारम्भ हुनेछ । उक्त मुलभूत तथ्यलाई आधारविन्दु वनाई राज्यसत्ता सञ्चालन लगायतका अब्बल प्रशासनीक निकाय निमार्ण गर्ने कार्यमा सफल एवं सवल युवापुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने हो भने नया आस्वादनको अनुभव नेपाली समाजले अवश्य पनि गर्नेछ । जसलाई राष्ट्र निमार्णको महत्वपूर्ण कडिको रुपमा लिन सकिन्छ ।

जसको सुखद परिणाम भन्नु नै मुलुकमा हाल कायम रहेको कहालीलाग्दो भ्रष्टाचारजन्य अवस्था लगायतका नोकरशाहितन्त्रमा रहेको असान्दर्भिक तथा अपारदर्शी क्रियाकलापबाट नेपाली समाजलाई राहत प्रदान गर्न केहि हदसम्म भए पनि चेतनशिल युवाशक्ति सक्षम रहने छन् भन्ने विश्वास लिन सकिन्छ । सम्बद्ध समूहद्धारा प्रदान गरीएको सकारात्मक कार्यको सफल कार्यान्वयनको लागि निसन्देह राज्यको सहिमार्ग दर्शन एवं सहकार्यको मुख्य भूमिका महत्वपूर्ण रहनेछ । किनकी राज्यको सकारात्मक सहयोगको अभावमा प्रस्तुत कार्यले कुनै पनि हालतमा मूर्त रुप हासिल गर्न सक्दैन । तर समग्र मुलुकको हितको खातिर आजका चेतनशिल युवा समुदाय उक्त चुनौतीपूर्ण एवं जोखिमले भरीएको कार्य गर्न अहोरात्र तम्तयार भएर बसेका छन् ।

सामूहिक रुपमा आपसी समन्वयको विकासगरी नागरिक समस्याको आवाज बुलन्द गर्न सक्ने कुनै शक्ति राज्यमा विद्यमान रहेको छ भने त्यो निसन्देह आजका चेतनशिल युवा जमात नै हुन् । तसर्थ भविष्यका कर्णाधार ऊर्जाशिल युवाशक्तिको अन्य कुनै पनि पक्षबाट हुन सक्ने सम्भावित नकारात्मक क्रियाकलापको दुरुपयोगलाई रोक्न राज्यका तर्फबाट युवा मैत्रि—नीतिको उचित ब्यवस्थापन अहिलेको आवश्यकता हो । समयमा नै यसको सहि ब्यवस्थापन गर्न सकीएन भने निश्चित रुपमा सम्बद्ध समुहको आकर्षण वैदेशिक रोजगारीको क्षेत्रमा मोडीनसक्ने सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन ।

प्रस्तुत अप्रत्यारिलो एवं कहालिलाग्दो अवस्था सिर्जना भए पक्कै पनि मुलुकबाट असख्य मात्रामा रहेको वौद्धिक प्रतिभाको चर्को पलायनको मार सहन गर्न राज्यपक्ष वाध्य हुनु पर्नेछ । बौद्धिक क्षेत्रमा रहन आउने प्रस्तुत अवस्थाले चेतनशिल वौद्धिक क्षेत्रको अभाव खड्किन गई मुलुकले आकंलन गरेको आर्थिक विकास तथा समृद्धिको मार्गमा गतिरोध उत्पन्न हुनेछ । एकातिर मुलुकमा जागरुक युवा समुहको अभाव रहने अवस्था पैदा हुन्छ भने अर्को तर्फ सोहि प्रवृतिको कार्यको लागि महंगो शुल्कको ब्यवस्थापन गर्दै बाह्य जगतबाट युवा आयात गर्नुपर्ने द्धिविधायूक्त परिस्थितिको निमार्ण हुने देखिन्छ । लामो संघर्षको प्रतिफल स्वरुप प्राप्त हुन आएको वर्तमान राजनीतिक दिग्दर्शनलाई यदि समयमा नै सदुपयोग गरी राष्ट्र निमार्णका लागि आतुर रहेका युवापिडीलाई हस्तान्तरण गर्न नसक्ने हो भने िमुलुकमा अकल्पनिय राजनीतिक दुर्घटनाको सम्भावनालाई कुनै पनि पक्षले चाहेर पनि रोक्न नसक्ने निश्चित छ । तसर्थ मुलुक—नागरिक समाजको हितका लागि राज्यको समग्र क्षेत्रको बागडोर समाल्ने पालो अब सक्षम एवं दक्ष युवापिडिको नै हो भनेमा हामी कसैको पनि दुईमत हुन सक्दैन ।

प्रतिक्रिया