परसवा–रामवन सडकको शिलान्यास

पर्सा । मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको निर्देशनमा पूर्वाधार विकास कार्यालय पर्साद्वारा एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत विरगंज महानगरपालिका ३२ को परसवा देखि रामवन सम्म निर्माण भईरहेको सडकको शिलान्यास गरिएको छ । पर्सा क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्य जन्नत अन्सारी र पप्पु कन्ट्रक्सनका निर्देशक सुमित रौनियारले संयुक्त रुपमा आज शनिबार सडकको शिलान्यास गरे ।

मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ५ किमी लामो निर्माणाधीन सडकको शिलान्यास भए सँगै सो क्षेत्रका जनतामा खुसि छाएको छ । सडकको निर्माण कार्य छिट्टै समपन्न हुने स्थानीयले बिश्वास व्यक्त गरेका छन । विरगंज महानगरपालिका ३२ का वडाध्यक्ष रेयाज मियाको अध्यक्षता सम्पन्न शिलान्यास कार्यक्रमा मधेस प्रदेश सभा सदस्य जन्नत अंसारी, पप्पु कन्ट्रक्सनका निर्देशक सुमीत रौनियार, वडा सदस्य इर्साद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य शेख भिखारी, एमामुल असारी, ३२ न वडाका एकाई अध्यक्ष राजेश साह, अब्दुक बराकत असारी, दाउद असारी, यूवानेता शेख सदाम, अरुण महतो, शुलेमान अंसारी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

प्रतिक्रिया