राजु लामा र तारा शिरिषको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । हालै सगरमाथाको सफल आरोहण गरेका गायक राजु लामा र र तारा शिरिष मगरको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने संगीत सरोज लामाको छ ।

‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको सो भिडियोमा शान थापाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया