बेनीघाट रोराङका अध्यक्षद्वारा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकले तिनजना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेका छन् ।

बुधबार, गाँउपालिकामा आयोजित् एक कार्यक्रममा अध्यक्ष थपलियाले गाँउपालिकाबाट बागमती प्रदेश स्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

धादिङ जिल्लाकै इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बन्न सफल भएकोमा बेनीघाट रोराङ गाउँपालिकाले खेलाडीहरुको हौसला बढाउनका लागी नगदसहित सम्मान गरेको अध्यक्ष थपलियाले बताए ।

सम्मानित हुने खेलाडीहरुमा श्याम त्रिपाठी, आशिष मिया र एन्जल सिलवाल छन् । उनिहरुले जनही २५ हजार नगदसहित सम्मान पायका छन् ।

त्यस्तै कार्यक्रमकै अवसरमा जिल्ला क्रिकेट संघ धादिङलाइ पनि रु. ५० हजार नगदसहित सम्मान प्रदान गरिएको छ । गत चैत्र पहिलो साता भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा मकवानपुरसँग फाईनल खेलेको धादिङले ३७ रनले पाजित हुँदै उपविजेता बन्न सफल भएको थियो ।

प्रतिक्रिया