पाण्डेको नियुक्ति विधानसम्मत : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाण्डेको नियुक्ति संघको विधानअुनरुप नै भएको दाबी गरेको छ । एन्फाले सोमबार एक सूचना जारी गर्दै पाण्डेको नियुक्ति विधानसम्मत रहेको दाबी गरेको हो । गत असार ८ गते एन्फा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै विदेशी नागरिकलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको भनेर एन्फा नेतृत्वको चर्को आलोचना भएको थियो । एन्फाले सोमबार त्यसको खण्डन गरेको छ ।

‘सर्वप्रथम संघको सो निर्णय दाबी गरे अनुरूपको विधान विपरित नभएको जानकारी गराउन चाहन्छौं । पाण्डेले यस संघबाट कुनै तलब सुविधा नलिइ स्वैच्छिक रूपमा सो पदमा रहने कुरा पनि जानकारी गराउछौं,’ एन्फाले जारी गरेको सूचनामा उल्लेख छ, ‘साथै संघको विधानको धारा २४ को ३ र ‘क’मा स्पष्टसँग गैर नेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फटबल संघमा निर्वाचित वा मनोनीत हुन सक्नेछैन भनेर व्याख्या गरिएको र फुटबल खेलको विकासका लागि मुख्य प्रशिक्षक प्रशिक्षकलगायत अन्य फुटबल प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लगि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको हुदाँ कार्यसमितिको सो निर्णय विधान विपरित नरहेको कुराको पनि सबैमा जानकारीको लागि सूचित गर्दछौं ।’

प्रतिक्रिया