अखिल क्रान्तिकारीले गर्यो २७ वटा विभाग गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले २७ वटा विभाग गठन गरेको छ । असार ५ गते बसेको संगठनको तेस्रो बैठकले विभाग गठन गरेको जनाइएको छ ।

सबै विभागका प्रमुख–उपप्रमुख र सचिवको पनि टुंगो लागिसकेको अखिल क्रान्तिकारीले विज्ञप्ति सार्वजनिक गर्दै जनाएको छ । संगठनका अनुसार विभागमा प्रमुख, उपप्रमुख र सचिव रहने व्यवस्था छ ।

जसमा सबैभन्दा महत्वपूर्ण मानिएको संगठन विभाग प्रमुखको जिम्मेवारी महासचिव दीपेश पुनले पाएका छन् । उपप्रमुखमा मदन लिम्बु र माधव थपलिया तथा सचिवमा रोशन थापामगर रहेका छन् ।

यस्तै अर्को महत्वपूर्ण आर्थिक विभागको जिम्मेवारी भने केन्द्रीय कार्यालयलाई नै दिएको छ ।

नेतृत्व चयनप्रति असन्तुष्ट पवन कार्कीको समूहले बैठक हलमा विधि विधान लागू गर भन्दै नाराबाजी गरेपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।

प्रतिक्रिया