‘भटक भटक’ मा नाजिर र आश्मा

काठमाडौं । गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको आवाज रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । गीतमा सरोज ओलीको शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।

‘ए है माया’ को दोस्रो संस्करणका रुपमा ल्याइएको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल आश्मा विश्वकर्माको अभिनय छ । विक्रम स्वारले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया