देव परियार र एलिना चौहानको आवाजमा ‘आँखा आँखैमा’ सार्वजनिक

काठमाडौं । गायक देवबहादुर परियार (हिरा) र गायिका एलिना चौहानको युगल आवाजमा ‘आँखा आँखैमा’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

परियार र चौहानको साथमा भुवन बडु, भरत भट्ट, समिक्षा चौधरी , कुस्मी चौधरी लगायतले पनि कोरस आवाज दिएका छन् । उक्त गीतमा सर्जक भिम कुसारीको शब्द रचना तथा संगीत रहेको छ ।

बिग परिवेश स्टुडियोमा उक्त गीत रेकर्डिङ गरिएको सर्जक भिम कुसारीले बताए । त्यस्तै, गीतको भिडियोमा शिशिर बुढाथोकीको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने दिपक गिरीको छायांकन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।

त्यसैगरी भिडियोमा जिबेश गुरुङ, बिना राउत, लालाना चिमरिया, देवबहादुर परियार (हिरा) र याम जिसीले अभिनयले गरेका छन् । उक्त भिडियो ईनाक्क्षी ईन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया