‘सैद्धान्तिकरुपमा मात्र होइन, एमाले यथार्थमा प्रतिक्षारत सरकार हो’

कठमाडौं । एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षदलका नेता केपी शर्मा ओलीले एमालेले यर्थाथमा नै प्रतिक्षारत सरकार भएको बताएका छन् । सरकारको नीति कार्यक्रम उपर बिहीबार संसदमा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘वास्तवमा प्रमुख प्रतिपक्ष वइटिङ सरकार हो, तर एमाले रियल वाइटिङ सरकार हो’, ओलीले भने । उनले दुनियाँंमा कहि नभएको प्रतिपक्षलाई धुलो चटाउने भन्ने गठबन्धनले नेपालमा अभियान जारी गरेको बताए ।

एमालेलाई सरकारकमा जान रोक्नेहरु धेरै भएको संकेत गर्दै ओलीले महभारतमा पाण्डवहरुले तोकेभन्दा पनि बढी बनावास बस्नुपरेको बताए । ‘यहाँ मन्थरा र शकुनीहरु धेरै छन्, तिनका कारण राजनीति बिग्रिएको छ’, ओलीले भने ।

प्रतिक्रिया