फिदिम माविमा विज्ञान तथा प्रविधिक धारको योजना कार्यशाला

पाँथर । जिल्लाको फिदिम माविमा सिभिल इन्जिनियरिङ अध्ययनका लागि विज्ञान तथा प्राविधिक धारको प्रवर्द्धनको योजना निर्माण कार्याशाला सम्पन्न भएको छ । सो कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्रकुमार नेम्वाङ विरेन्द्रको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यशालामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, जिल्ला शिक्षा समन्वय प्रमुख युगमणि सवेहाङ, विद्यार्थी समाजका अध्यक्ष केदारनाथ बास्कोटा, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य दिपक नेपाल, विद्यालय व्यवस्थापन पूर्वअध्यक्ष रमेस प्रधानाङ्ग, शिक्षक, विषयगत विद्यालयका शिक्षक, अभिभावक संघका अध्यक्ष दिनेश बास्कोटा लगायतले आफ्ना धारणा राखेका थिए ।

फिदिम माविले २०७६ सालदेखि इञ्जिनियरिङ पढनपाठन सुरु गरेको जनाएको छ । विद्यालयको कार्याशालामा प्रधानाध्यापक विनोदकुमार ठाकुरले प्रस्तुत गरेको प्रतिवेदनमा चुनौती र अभाव रहेको उल्लेख छ ।

सो समारोहमा विद्यार्थी पलायन, कम सिकाई भएका विद्यार्थी को भर्ना, विदेशप्रतिको आकर्षणले पढाई भन्दा भाषा शिक्षणमा जोड, एसइई सकेपछि विद्यार्थीले बाहिर भर्ना, कोरोना पछिको घट्दो सिकाई व्यवहारबीच गुणस्तरमा वृद्धि, विद्यार्थीका लागि पठनपाठनमा कोठा अभाव, छात्राबास र भवन पर्याप्त भवन अभावलाइ गुरुयोजना बनाउनमा जोड दिइएको थियो ।

उक्त योजनाको योजना तर्जुमा गर्न शिक्षकबाटै कार्यदल बनाइएको र योजना तर्जुमा गरीी लागू गरिने प्रधानाध्यापक ठाकुरले सार्वजनिकिकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले पालिकाहरुमा रहेका विद्यालय, स्थानीय सरकार माझ माविका गतिविधि, आकर्षित योजनासहित विद्यार्थी आकर्ष हुने गरी प्रचारप्रसारमा लाग्न विद्यालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया