स्वरुपराज आचार्यको ‘खोजी हिडे’ सार्वजनिक

काठमाडौं । गीतकार भामा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत ‘खोजी हिडे’ को भिडियो सार्वजनिक भएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् । भामा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन् । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएपनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ ।

भिडियोमा डा. प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेम नाथ खनालले समेत अभिनय गरेका छन् । भिडियोलाइ वसन्त सापकोटाले निर्देशन गरेका हुन् । सापकोटाले झन्डै ३००हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । दीपककुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रभामा क्रिएसन नामक युटुब च्यानालमार्फत सार्वजनिक गरिएको छ । भिडियोमा समाजमा बिकराल रुपमा रहेको बलात्कारको घटनालाई उठाउन खोजिएको छ ।

प्रतिक्रिया