स्विडेन र फिनल्यान्ड नेटोमै जाने

स्टकहोम । लामो समयदेखि द्विविधामा रहेका स्विडेन र फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने घोषणा गरेका छन् । रुस–युक्रेन युद्धको कारण देखाउँदै अन्ततः उनीहरू नेटोमै संलग्न हुने भएका हुन् ।

स्विडेनका सत्तारुढ सोसियल डेमोक्रेट्सले आफूहरूले पश्चिमी सुरक्षा गठबन्धनमा आबद्ध हुने प्रस्तावलाई समर्थन गरेको बताएपछि मुलुकलाई औपचारिक रूपमा आवेदन दिने बाटो खुलेको हो ।
फिनल्यान्डले आफूले नेटोको सदस्यता लिने प्रक्रिया थालनी गर्न लागेको औपचारिक घोषणा गरेलगत्तै स्विडेनको पनि निर्णय बाहिर आएको हो । नेटोलाई आफ्नो सुरक्षाका लागि खतरा मान्ने रुसले यी दुवै मुलुकलाई सदस्यता लिएपछि त्यसको परिणाम भोेग्नुपर्ने चेतावनी दिएको छ ।

दोश्रो विश्वयुद्धका दौरानमा तटस्थ बसेका स्विडेन दुई शताब्दीभन्दा लामो समयदेखि सैनिक गठबन्धनबाट टाढै बस्दै आएको थियो । फिनल्यान्डको १ हजार ३ सय किलोमिटर सिमाना रुससँग जोडिएको छ । यो पनि अहिलेसम्म आफ्नो पूर्वी छिमेकीलाई नबिझाउने उद्देश्यले नेटोबाट टाढै बस्दै आएको थियो । स्विडेनका सोसियल डमोक्रेटहरूले जनता र अधिकांश विपक्षी राजनीतिक पार्टीको समर्थनका कारण आफूहरू पनि यस दिशामा अघि बढेको बताएका छन् ।

प्रतिक्रिया