लखनउमाथि राजस्थानको जित

मुम्बई । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले लखनउलाई २४ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । मार्कुस स्टोइनिसले २७ तथा क्रुनल पाण्डेयले २५ रन जोडे ।

कप्तान केएल राहुल १० रनमा आउट भए । मोसिन खान ९ रनमा तथा आभेस खान १ रनमा अविजित रहे । ओपनर तथा विकेटकिपर क्विन्ट डि कक ७ तथा जोसन होल्डर १ रनमा आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट तथा युजभेन्द्र चाहल र रविचन्द्र आश्विनले समान १ लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि याशस्भी जैसवालले सर्वाधिक ४१ रन बनाए । देवदत्त पाडिक्कले ३९, सन्जु सामसनले ३२ र रियान परागले १९ रन जोडे । जेम्स नासिमले १४ रन तथा जस बट्लरले दुई रन जोडे । रविचन्द्र आश्विन १० रनमा तथा ट्रेन्ट बोल्ट १७ रनमा अविजित रहे । लखनउका रवी विश्नोईले २ विकेट लिए । आभेस खान, जासोन होल्डर र आयुष बादोनीले समान एक विकेट लिए ।

जितसँगै राजस्थान १३ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झरेको छ । आइतबार राति नै गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै १०औं जित निकालेको छ । शीर्षस्थानमा रहेको गुजरातको १३ खेलबाट २० अंक पुगेको छ । नवौं हार बेहोरेको चेन्नई ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया