सल्यानको सिद्ध कुमाखमा नेपाली कांग्रेसका भरत गिरी विजयी

भरत गिरी दाँया

सल्यान । सल्यानको सिद्ध कुमाखको अध्यक्ष पदमा नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन । उनले २ हजार १ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एकिकृत समाजवादीका चित्रबहादुर चलाउनेले १ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका रामबहादुर वस्नेतले २ हजार ३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी पुर्णिमा चलाउनले १ हजार ९ सय ६३ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ५ वटा वडा मध्ये २ वटा वडामा माओवादी केन्द्र र ३ वटा वडामा काग्रेस विजयी भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये तीन वटा स्थानीय तहको नजिता घोषणा भइसकेको छ । हाल सम्मको मत गणना अनुसार दुई स्थानीय तहमा एमाले, दुई स्थानीय तहमा काग्रेस, दुई स्थानीय तहमा माओवादी केन्द्र र १ स्थानीय तहमा एकिकृत समाजवादीले अग्रता लिएको छ ।

प्रतिक्रिया