कलाकारलाई चुनाव लाग्यो, मतदान केन्द्र पुग्न भ्याईनभ्याई

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि मतदान गर्न कलाकारहरु काठमाडौंबाट बाहिरिएका छन् । यही बैशाख ३० गते हुने निर्वाचनका लागि कलाकारहरु आ–आफ्नै गृह जिल्लामा मत खसाल्न बाहिरिएका हुन् । उक्त निर्वाचनमा हरेक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउने कानूनी प्रक्रिया छ ।

तर, कसैको मतदानपत्र नभएर भोट हाल्न नपाउनु फरक विषय हो भने कसैले मतदानपत्र भएर पनि निर्वाचनमा नखुल्नुलाई महत्वपूर्ण रुपले लिएको पाइन्छ । एक प्रसंगमा कलाकारहरुले राजनीतिप्रति आस्था दोखाउनु आश्चर्यजनक मानिन्छ । कलाकारहरुलाई राष्ट्रको गहनाको रुपमा लिइने भएकाले पनि आश्चर्य मानिएको हो ।

तर, पछिल्लो समयमा केही कलाकारहरु खेलाआम राजनीतिमा आस्था राखेर गीत गायनदेखि प्रचारप्रसारमा समेत लागेको देखिन्छ । देशका विभिन्न प्रदेश तथा जिल्लामा स्थायी बसोवास गर्ने कलाकारहरुको कलाकारीता गरेर जिविकोपार्जन गर्ने मुख्य थलो भने केन्द्रीय राजधानी काठमाडौंलाई मानिन्छ ।

चुनावी माहौलमा नै केन्द्रीत रहेर कलाकारहरु आ–आफ्नो गृह जिल्लामा पुगेका छन् । तर, केही कलाकार भने राजनीतिक पार्टी नरोजी देश तथा गाउँ विकास गर्ने उम्मेदवार छनोट गरि मतदान गर्न गाउँ पुगेको पाइएको छ । निर्वाचनलाई नै लक्षीत गरि लोकदोहोरी गायक एवं मोडल पिएन सापकोटा आफ्नो गृह जिल्ला प्युठान पुगेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्यसमेत रहेका सापकोटाले कुनै राजनीतिक पार्टी नरोजी गाउँ विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आफ्नो गृह जिल्ला प्युठानको स्वर्गद्वारी नगारपालिका– ८ मा पुगेको जानकारी दिए ।

उक्त वडामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले चुनावी तालमेल गरेको उनले जानकारी दिए । तर, कलाकार सापकोटाले भने आफू कुनै राजनीतिक दलमा नभइ विकास प्रेमी नेतृत्वलाई मतदान गर्न गाउँ पुगेको बताए । त्यस्तै, प्रतिष्ठानकै केन्द्रीय महासचिव सुवास केसी पनि निर्वाचनकै लागि प्युठान पुगेका छन् ।

जिल्लाको नौवैहिनी गाउँपालिका– ६ निवासी प्रतिष्ठानका महासचिव केसी काठमाडौंबाट गृह जिल्ला गुगेका हुन् । उनले त्यस ठाउँबाट मतदान गर्ने भएका छन् । विकास प्रेमी उम्मेदवारलाई मतदान गरेर आफ्नो गाउँको विकासमा विशेष भूमिका निभाउने महासचिव केसीले बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार सुरेश अधिकारीले पनि निर्वाचनमा विशेष चासो राखेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका– ३ निवासी अधिकारी भने हाल काठमाडौंमै छन् । उनले आफ्नो गृह जिल्ला काभ्रे भए पनि काठमाडौंबाटै मतदान गर्न पाउने बताए । संगीतकार अधिकारीले मतदान गर्दा कुनै पनि मतदाताले सही उम्मेदवार छान्नुपर्ने बताए ।

साथै, उनले अहिलेको सत्ता गठबन्धन टिकाउ रहन सम्भव नभएको बताए । राजनीतिक दल फुट्दा जनताको अधिकार खोसिने वरिष्ठ संगीतकार अधिकारीले बताए । राजनीतिक दल समृद्ध र शैद्धान्तिक भएर जनताको चाहना पूरा गर्नुपर्ने वरिष्ठ संगीतकार अधिकारीको भनाइ छ ।

‘राजनीतिक दल शैद्धान्तिक ढंगले जनताको चाहना र देशको लागि समर्पित भएर जानुपर्छ’, उनले भने, ‘मतदाताले मतदान गर्दा सही र देश प्रेमी उम्मेदवार पहिचान गरेर भोट दिनु देशकै भलाई हो ।’ त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति नयाँ बसपार्कका अध्यक्ष अञ्चल शाहीले बागलुङको निसीखोला गाउँपालिकामा स्वतन्त्रबाट प्रत्यासी उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि कलाकारीतामा सक्रियता देखाएका शाहीले पछिल्लो पटक रनजनीतिमा चासो देखाएका हुन् । उनले गाउँको विकास र जनताको चाहना पूरा गर्न अबका दिनमा युवा पुस्ताको नेतृत्व आवश्यक रहेकाले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बताए । साथै, शाहीले आफूप्रति स्थानीय युवाहरुको आकर्षण बढेको भन्दै निर्वाचन जित्नेमा ढुक्क रहेको बताए ।

‘यहाँ युवाहरुको आकर्षण धेरै बढेको छ, युवाको नेतृत्व यहाँ आवश्यक रहेकाले मैले गाउँपालिका अध्यक्षमा उम्मेदवार दिएको हुँ’, उनले भने, ‘चुनाव जित्ने लगभग पक्का भइसकेको छ ।’ त्यस्तै, लोदोहोरी गायिका एवं प्रतिष्ठानकै वरिष्ठ महिला उपाध्यक्ष राधिका हमाल रोल्पाको त्रिवेणी गाउँपालिकामा चुनावी अभियानमा खटिएकी छन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उक्त गाउँपालिकाको उपप्रमुखमा गायिका हमाल पराजित भएकी थिइन् । अहिले पनि टिकट मिलेर आफूले उम्मेदवारी दिएको तर पार्टीले गठबन्धन गरेपछि टिकट फिर्ता लिएर अरुलाई नै निर्वाचन जिताउन सहयोग गरेर चुनावी प्रचारमा लागेको उनले जानकारी दिइन् ।

रोल्पाकी हमाल काठमाडौं बसेर कलाकारीता गरे पनि गाउँमा हुने विभिन्न विपदमा जनतालाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्दै आइरहेको बताइन् । साथै, उनले उक्त गाउँपालिकामा कांग्रेसले नै जित्ने दाबी गरिन् । ‘यहाँ कांग्रेसको जित निश्चित हुँदाहुँदै पनि गठबन्धन भयो, पार्टीले दिएको टिकट गठबन्धन भएपछि मैले फिर्ता लिएर अन्य उम्मेदवारलाई सहयोग गरेको छु’, गायिका हमालले भनिन्, ‘तर पनि हाम्रो पार्टीले जित्ने निश्चित छ ।’

प्रतिक्रिया