पूर्व मन्त्रीको शब्दमा चिकित्सकको स्वर

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य बहुमुखी प्रतिभाका खानी हुन् । लामो समयदेखि सोही क्षेत्रमा निरन्तर सोव गर्दै आएकी मुटुरोग विशेषज्ञ डा.स्मृतिले धेरै मुटु रोगका विरामीहरुको सफल उपचार गरिसकेकी छन् ।

चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थप्दै गायिका स्मृति पनि बनेकी छन् । हजारौँ मुटु रोगीलाई नया जिवन दिएकी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडिओ बजारमा ल्याएकी छन् ।

युट्युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सगंीका चार वटा एल्बम बजारमा ल्याइसकेका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शब्द रहेको छ । चिकित्सक शाक्यले गाएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ । म्युजिक भिडिओको छायांकन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसकेकी छन् ।

पूर्वमन्त्री शाक्यकै शब्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदमसँगै हिँडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ । यो गीत पनि छायांकनको क्रममा रहेको छ ।

प्रतिक्रिया