काठमाडौं । ट्राभल–स्टोरी चलचित्र ‘लण्डन टू पेरिस’को गीत सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक ‘चाहन्छु यो माया’ बोलको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबिचको चिसो सम्बन्धलाई देखाइएको छ । भिडियोमा निश्चलप्रति नव–अभिनेत्री गरिमा शर्माको प्रेम आशक्ति पनि झल्किन्छ ।
२६ जेठमा रिलिज हुने यस चलचित्रको गीतमा एसडी योगीको सगीत तथा राम अविरल बिस्टको शब्द छ भने सगीतकार योगी तथा नभिता पौडेलको युगल स्वर छ । रिकेश गुरुङ सगीत निर्माता रहेको यो गीतलाई साहिल खानले सम्पादन गरेका हुन ।
घनश्याम लामिछानेको निर्देशन बनेको यस चलचित्रमा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । भेद परवको छायाङ्कन रहेको यसको निर्मातामा अमित बस्नेत, कार्यकारी निर्मातामा अंिकत गौतम, सुरज कुँवर र विजय भण्डारी, निर्मातामा परी राना, आरोन बस्नेत र एरियाना बस्नेत तथा सह–निर्मातामा सनिश खकुरेल र अजित केआर थापा छन्। यसका लेखक प्रदीप भारद्वाज हुन् ।
प्रतिक्रिया